back
CTIZAN AD

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

वि.सं.२०८३ साउन ५ मंगलवार

162 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य उपचारका क्रममा हङकङमा रहँदै सार्वजनिक गरेको दुई पृष्ठ लामो राजनीतिक सन्देशमार्फत आफू चाँडै स्वदेश फर्किने घोषणा गरेका छन्।

जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर हङकङबाट जारी दुई पृष्ठ लामो सन्देशमार्फत उनले आफू नेपाली भूमिमा पुनः पाइला टेक्न लागेको जानकारी दिँएका हुन् । जारी सन्देशमा उनले लोकतन्त्र, संविधानवाद, राष्ट्रियता र नागरिक अधिकारमाथि चुनौती देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले पुनः ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था आएको बताएका छन्।

देउवाले विगत केही महिनादेखि स्वास्थ्य उपचारका लागि परिवारसहित विदेशमा रहे पनि आफ्नो मन, चिन्ता र सोच निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले गम्भीर रूपमा नियालिरहेको भन्दै उनले फरक विचारप्रति असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग तथा राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।

सन्देशमा उनले लोकतन्त्र भनेको केवल निर्वाचन नभई जनताको सामूहिक आत्मनिर्णयको अधिकार भएको उल्लेख गर्दै जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति भएको बताएका छन्। लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तासमेत कमजोर हुने भएकाले लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नु भएको उनको भनाइ छ।

उनले वर्तमान सरकारमाथि प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको दाबी गरेका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई आतंकित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले यस्तो परिस्थितिमा नेपाली कांग्रेसले केवल प्रतिपक्षको भूमिका निर्वाह गरेर मात्र नपुग्ने, लोकतन्त्र, संविधान र राष्ट्रको भविष्य जोगाउने जिम्मेवारीसमेत वहन गर्नुपर्ने बताएका छन्।

देउवाले नेपाली कांग्रेसले विगतमा शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका बेला जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण गर्दै अहिले पनि लोकतन्त्र र संविधानको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन्।

उनले बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग स्मरण गर्दै वर्तमान परिस्थितिमा पनि इतिहासले त्यही साहस, संवाद र राष्ट्रिय एकताको आवश्यकता देखाएको उल्लेख गरेका छन्। देशलाई विभाजन होइन एकता, प्रतिशोध होइन सहकार्य र अविश्वास होइन विश्वास आवश्यक रहेको उनको भनाइ छ।

देउवाले भनेका छन्, “यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था राख्छु। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै म स्वदेश फर्कंदैछु।”

May be an image of text

May be an image of text

 

वि.सं.२०८३ साउन ५ मंगलवार २१:०७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...