back
CTIZAN AD

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

वि.सं.२०८३ साउन ५ मंगलवार

195 

shares

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता, समावेशिता र प्रविधिमार्फत विद्यार्थीहरुलाई बदलिदो विश्व परिवेशमा कसरी सक्षम बनाउन सकिन्छ भन्ने बिषयमा सम्वादका लागि दक्षिण एसियाका विभिन्न देशमा शिक्षाको क्षेत्र काम गरिरहेका अग्रणी व्यक्तित्वहरुलाई एकै मञ्चमा सहभागी गराइदैछ । सम्मेलनमा निशुल्क रुपमा सहभागी हुने व्यवस्था गरिएको छ ।

ब्रिटिस काउन्सिलले ‘साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ । तीन दिनसम्म सञ्चालन हुने यस अनलाइन सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरुको सहभागितामा विश्व परिवेशमा विद्यार्थीलाई सफलतापूर्वक अघि बढ्न उनीहरुलाई चाहिने सिर्जनशीलता, त्यसका लागि आवश्यक क्षमता तथा प्रभावकारी सञ्चार सीपलाई विद्यालयहरुले कसरी विकास गर्न सक्छन् भन्ने अहिलेको एक अहम् सवालमा बहस गर्न लागिएको हो ।

सम्मेलन २३–२५ जुलाई २०२६ मा हुँदैछ । दक्षिण एसियाका शैक्षिक प्रणालीले पाठ्यक्रमका अपेक्षा, प्रभावकारी मूल्याङ्कनको महत्व तथा विद्यार्थीको बदलिँदो आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीको पृष्ठभूमिमा सम्मेलन गर्न लागिएको हो । अझै पनि शैक्षिक र प्राज्ञिक तथा व्यवसायिक अवसरमा अंग्रेजी भाषा पहुँचको महत्वपूर्ण माध्यम भएपनि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाहरु भाषाको सिकाइमा मात्र सीमित नभई आलोचनात्मक सोच, आपसी सहकार्य, विद्यार्थीको स्वःक्षमता (एजेन्सी) र सहभागिता तथा सिकाइप्रतिको स्वामित्व विकास गर्ने शैक्षिक पद्धतिलाई अपनाउनेतर्फ अग्रसर छन् ।

यस्तो पृष्ठभूमिमा सम्मेलनले बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञहरुलाई एकै थलोमा भेला गरेर सिर्जनशीलतालाई प्रभावकारी सिकाइको एक मुख्य आधारका रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अन्तक्र्रिया गराउन लागेको हो । विविध भाषिक पृष्ठभूमिका विद्यार्थी अध्ययनरत कक्षाकोठालाई थप समावेशी कसरी बनाउन सकिन्छ, नवप्रवर्तनमुखी शिक्षण पद्धतिमार्फत उनीहरुको आवाजलाई कसरी सशक्त बनाउन सकिन्छ तथा कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नवीनतम प्रविधिलाई मानव केन्द्रित शिक्षण विधिको विकल्प भन्दा पूरकका रुपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषय लगायत सवालमा केन्द्रित रहेर सम्वाद हुनेछ ।

सम्मेलनका क्रममा मुख्य प्रस्तुति, प्रचलित अभ्यासमा आधारित छलफल तथा कक्षाकोठाका अनुभवसहितको सन्दर्भ सामाग्री र असल अभ्यासमार्फत सहभागीहरुले दक्षिण एसियाको साझा चुनौतीलाई आफ्नो स्थानीय सन्दर्भ अनुसार शिक्षा क्षेत्रका सरोकारवालाले कसरी समाधान गरिरहेका छन् भन्ने जस्ता बिषयबारे विस्तृत रुपमा बुझ्न पाउनेछन् ।

सम्मेलनले कक्षाकोठामा सिकाइलाई थप प्रभावकारी बनाउन आवश्यक शैक्षिक वातावरण निर्माण गर्ने तथा विद्यार्थीको अर्थपूर्ण सहभागिता र विविधतायुक्त पृष्ठभूमिका विद्यार्थीका लागि सिकाइका अवसर विस्तार गर्ने व्यवहारिक उपायबारे शिक्षकहरुलाई सहयोग गर्ने अवसर प्रदान गर्नेछ ।

सम्मेलन आयोजनाको सन्दर्भमा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘अहिले विश्व परिवेशमा विद्यार्थीले सफलता पाउनका लागि प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास गर्नु आवश्यक हुन्छ, त्यसका लागि सिर्जनशीलताको महत्वपूर्ण भूमिका छ । यस सम्मेलनमार्फत हामीले व्यवहारिक पक्ष, अनुसन्धानमा आधारित दृष्टिकोण तथा कक्षाकोठामा कार्यान्वयन सकिने शैक्षिक अवधारणा र रणनीतिबारे यस क्षेत्रका शिक्षक तथा सरोकारवालालाई अवगत गराउने अवसर प्रदान गर्नेछौं । तसर्थ, व्यवसायिक वृत्ति विकासका लागि सम्मेलन आयोजना गर्न पाउँदा हामी उत्साहित छौं र दक्षिण एसिया तथा विश्वका अन्य क्षेत्रका शिक्षाविद्लाई स्वागत गर्न आतुर छौं ।’

वि.सं.२०८३ साउन ५ मंगलवार १७:०४ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...