काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा रिक्त पदहरु पूर्ति गरेको छ । संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकको निर्णयअनुसार पदाधिकारी, क्षेत्रीय समन्वय समिति पदाधिकारी तथा अन्तर्राष्ट्रिय सल्लाहकारहरूको मनोनयन गरिएको एनआरएनए सचिवालयले जनाएको छ।
मनोनयनअनुसार उपमहासचिवमा आयरल्यान्डका बिनोद कार्की, क्यानडाका दीपक गौतम, इजरायलका दीपक ओली, रुसका गोविन्द गौतम, अमेरिकाका कृष्ण पोखरेल र पुरुषोत्तम बोहोरा, जर्मनीका डा। नवराज रोस्यारा तथा दक्षिण कोरियाका प्रकाश धमला चयन भएका छन्।
सचिवमा कतारका पदम गिरी, नेदरल्यान्ड्सकी सबु पौडेल तथा अमेरिकाका कृष्णजीवी पन्त मनोनीत भएका छन्।
त्यस्तै उपकोषाध्यक्षमा अष्ट्रेलियाका अरुण ठाकुर, चेक गणतन्त्रका छात्र अधिकारी, क्यानडाकी देविका केसी, फ्रान्सकी गीता थापा खनाल र मिन श्रेष्ठ, माल्टाका गोविन्द खरेल, कतारका क्रान्ति सिंह, पोर्चुगलका माधव पोखरेल, चीनका प्रदीप न्यौपाने तथा डेनमार्कका सैलु अधिकारी र शिव कार्की मनोनयनमा परेका छन्।
क्षेत्रीय समन्वय समितिअन्तर्गत युरोप, एसिया–प्रशान्त, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपूर्व क्षेत्रका उपक्षेत्रीय संयोजक, महिला क्षेत्रीय संयोजक, उपमहिला संयोजक, युवा संयोजक तथा उपयुवा संयोजक पदहरूमा पनि विभिन्न देशका प्रतिनिधिहरूलाई जिम्मेवारी दिइएको छ।
युरोप क्षेत्रबाट १४ जना, एसिया–प्रशान्तबाट ७ जना, अमेरिकाबाट १० जना, ओसियानाबाट ७ जना, अफ्रिकाबाट ३ जना तथा मध्यपूर्वबाट ६ जना विभिन्न पदमा मनोनयन भएका छन्।
युरोप क्षेत्रीय समन्वय समिति अन्तर्गत उपक्षेत्रीय संयोजकमा लक्जेम्बर्गका हरि खत्री, डेनमार्कका कमल शर्मा, सीता बराल र सुरेश पुन, स्विट्जरल्यान्डका कृष्ण शिवाकोटी, पोर्चुगलका नृपेश गिरी र राजकुमार थापा, माल्टाका रेम्स खनाल र सत्य झा, स्पेनका सालिकराम डुम्रे, नेदरल्यान्ड्सका संघर्षशील केसी, नर्वेका शिवानी श्रेष्ठ, बेल्जियमका तीर्थ धमला तथा इजरायलका विशाल ज्ञवाली मनोनीत भएका छन्।
एसिया–प्रशान्त क्षेत्रीय समन्वय समिति अन्तर्गत उपक्षेत्रीय संयोजकमा दक्षिण कोरियाका बुद्धि गुरुङ, जापानका देवराज उप्रेती र श्रवण सात्याल, मलेसियाका नारायण अधिकारी र आरके महतो तथा चीनका सुदेश झा मनोनीत भएका छन्। महिला क्षेत्रीय संयोजकमा मकाउकी बिन्दु सुनुवार चयन भएकी छन्।
अमेरिका क्षेत्रीय समन्वय समिति अन्तर्गत उपक्षेत्रीय संयोजकमा अमेरिकाका अञ्जन चौलागाईं, गोविन्द सुवेदी र मिन खड्का, क्यानडाका लिला थापा, सरोज भट्टराई र यम खत्री तथा चिलीका सरोज अर्याल मनोनयन भएका छन्। महिला क्षेत्रीय संयोजकमा अमेरिकाकी छात्रा गुरुङ, उपमहिला क्षेत्रीय संयोजकमा क्यानडाकी कल्पना ढकाल तथा युवा क्षेत्रीय संयोजकमा अमेरिकाका विशाल राना मनोनीत भएका छन्।
ओसियाना क्षेत्रीय समन्वय समिति अन्तर्गत उपक्षेत्रीय संयोजकमा न्युजिल्यान्डका दयानिधि गौतम तथा अष्ट्रेलियाका कृष्णमान श्रेष्ठ र सूर्य आचार्य चयन भएका छन्। महिला क्षेत्रीय संयोजकमा समिता गुरुङ, उपमहिला क्षेत्रीय संयोजकमा रोजी पन्त, युवा क्षेत्रीय संयोजकमा न्युजिल्यान्डका विपन भण्डारी तथा उपयुवा क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका दिमानराज उपाध्याय मनोनयन भएका छन्।
अफ्रिका क्षेत्रीय समन्वय समिति अन्तर्गत उपक्षेत्रीय संयोजकमा घानाका विकास सुवेदी र नाइजेरियाका भरत रिजाल तथा महिला क्षेत्रीय संयोजकमा तान्जानियाकी सन्तोष उदास मनोनीत भएकी छन्।
त्यसैगरी मध्यपूर्व क्षेत्रीय समन्वय समिति अन्तर्गत उपक्षेत्रीय संयोजकमा कतारका तेज कटुवाल र पूर्ण पोखरिया, कुवेतका सुरज मास्के तथा यूएईका दीपक खड्का चयन भएका छन्। महिला क्षेत्रीय संयोजकमा यूएईकी सुभद्रा बुढाथोकी र बिना मानन्धर मनोनीत भएका छन्।
यसैगरी एनआरएनए आइसीसी सल्लाहकार अन्तर्गत स्टेयरिङ कमिटी सदस्य र पूर्वअध्यक्ष, पूर्वपदाधिकारी तथा मानार्थ समूहबाट पनि सल्लाहकारहरू मनोनयन गरिएको छ। जसमा अष्ट्रेलियाका भवानी ओली, बिनोद श्रेष्ठ र इन्द्र बान, अमेरिकाका बीआर लामा, गौरी जोशी, रतन झा चयन भएका छन् भने पूर्व अन्तर्राष्ट्रिय पदाधिकारी, पूर्व आईसीसी सदस्य तथा मानार्थ सल्लाहकार समूहबाट बिनोद भट्ट, बेल्जियमका गंगाधर गौतम र अर्जुनकुमार श्रेष्ठ तथा डा विष्णु माया परियार रहेका छन्।
वि.सं.२०८३ साउन ५ मंगलवार १५:५२ मा प्रकाशित






























