ललितपुर । नेपाली कांग्रेसले आज २०८३ भदौ १० गते बुधबार दिउँसो २ बजे आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा काठमाडौंमा उपलब्ध नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरूलाई समेत आमन्त्रण गरिएको छ।
त्यस्तै, रसुवा, धादिङ र नुवाकोट जिल्ला कार्यसमितिका जिल्ला सभापतिहरूलाई पनि बैठकमा आमन्त्रण गरिएको नेपाली कांग्रेसले जनाएको छ।
आज बिहान रसुवामा आएको भीषण बाढीका कारण ठूलो क्षति भएको तथा बाढीको प्रभाव नुवाकोट र धादिङसम्म परेको अवस्थामा कांग्रेसले आकस्मिक बैठक बोलाएको कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
वि.सं.२०८३ भदौ १० बुधवार १२:५६ मा प्रकाशित






























