पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा बुझाएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहेका छन्।
चारै मन्त्रीले मुख्यमन्त्री पाण्डेलाई राजीनामा बुझाएसँगै गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो।
राजीनामापछि प्रदेश सरकारको सत्ता समीकरणमा समेत परिवर्तन आएको छ। एमालेको बहिर्गमनसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको आगामी अवस्था र नयाँ सत्ता समीकरणबारे राजनीतिक छलफल सुरु हुने देखिएको छ।
वि.सं.२०८३ भदौ १० बुधवार १३:१६ मा प्रकाशित




























