काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आपत्कालीन अवस्थामा सहायता लिन सकिने विभिन्न निकायका सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा अन्य विपद्का बेला उद्धार, राहत वा अन्य सहयोग आवश्यक परे सम्बन्धित हेल्पलाइन, जिल्ला प्रशासन तथा सुरक्षा निकायका नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो।
प्राधिकरणले आपत्कालीन अवस्थामा नआत्तिन, सजग रहन र पूर्वतयारी अपनाउन आग्रह गरेको छ। साथै, आपत्कालीन सम्पर्क नम्बरसम्बन्धी जानकारी आफन्त, साथीभाइ तथा समुदायसम्म पुर्याई आवश्यक पर्दा तत्काल सहयोग लिन र अरूलाई समेत सुरक्षित रहन सहयोग गर्न अनुरोध गरिएको छ।
प्राधिकरणले सार्वजनिक गरेको सम्पर्क विवरण यस्तो छ :
सशस्त्र प्रहरी बल : १११४
नेपाल प्रहरी : १००
एम्बुलेन्स : १०२
विपद् व्यवस्थापन प्राधिकरण : १२३४
रसुवा
सहायक प्रमुख जिल्ला अधिकारी : ९८५११६४४२२
रसुवा प्रहरी :९८५१२५४९६०
नुवाकोट
सहायक प्रमुख जिल्ला अधिकारी : ९८५१२४८७७७
नुवाकोट प्रहरी : ९८५१२८२३८०
धादिङ
प्रमुख जिल्ला अधिकारी : ९८५१२४७७७७
धादिङ प्रहरी :९८५१२२९८६०
चितवन
सहायक प्रमुख जिल्ला अधिकारी : ९८५५०८८८९१
चितवन प्रहरी : ९८५५०१३९९९
वि.सं.२०८३ भदौ १० बुधवार १३:३४ मा प्रकाशित





























