back

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो : इरान

वि.सं.२०७५ कात्तिक १७ शनिवार

408 

shares

१७ कात्तिक, तेहरान (एएफपी) । अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताएका छन् ।

खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन् । अमेरिकाको बेजोडको शक्ति र मजबुत अमेरिकी अर्थतन्त्र र सैन्य शक्ति पनि पछिल्ला सरकारका कारण कमजोर बन्दै गएको छ ।”

अमेरिकाद्वारा तेल लगायतका सामानमा सोमबारदेखि लागु हुने भनिएको इरानमाथि लगाइएको पछिल्लो प्रतिबन्धप्रति हल्का टिप्पणी गर्दै अमेरिकी सरकारको कट्टर आलोचक खामेनीले यो सफल नहुने बताउनुभयो ।

इरान र अमेरिकाबीचको विवाद ४० बर्ष लामो भएको भन्दै वासिङ्टनले इरानविरूद्ध सैन्य, आर्थिक तथा सञ्चारको प्रयोग गरी हरेक प्रयास गरेको तर हराउन विफल भएको छ, खामेनीले बताए ।

उनले थपे, “ विगत ४० बर्षको चुनौतिपछि एउटा प्रमुख सत्य के बनेको छ भने इश्लामिक गणतन्त्र इरानसँग अमेरिका सधैँ पराजित बनेको छ र इरान विजयी बनेको छ ।”

अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि इरानमाथि विभिन्न बिषयमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाको पछिल्ला निर्णयहरूले सम्झौताका हस्ताक्षरकर्ता तथा विश्वका प्रभाबशाली राष्ट्रहरू खुशी छैनन् । इरान भने आणविक सम्झौताको पालना गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

वासिङ्टनले भने पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको उक्त सम्झौता नमान्ने तर पुनः अर्को नयाँ सम्झौता गर्नुपर्ने बताउँदै आएको छ । नयाँ सम्झौतामा इरानले मध्यपूर्वमा गर्दै आएको हस्तक्षेप तथा हतियार आपूर्तिजस्ता मिसाएल कार्यक्रमलाई घटाउनुपर्ने अमेरिकी ट्रम्प प्रशासनको जिकिर छ । यो मागलाई तेहरानले अस्वीकार गर्दै आएको छ ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार २१:५४ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...