
आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो ।
यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।
वि.सं.२०७५ कात्तिक १८ आइतवार १०:२२ मा प्रकाशित




























