back
CTIZAN AD

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

वि.सं.२०८२ मंसिर २१ आइतवार

2.7K 

shares

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट सदस्यहरूले आयोजना गरेको दुईदिने (पदयात्रा) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। माघ १९ र २० गते सम्पन्न पदयात्रामा ३६ विद्यार्थी, ४ शिक्षक र २ अभिभावकसहितको टोली देवचुली डाँडा हुँदै शिखरसम्म पुगेको र त्यहाँ स्काउटको झण्डा फहराएको विद्यालयले जनाएको छ।

स्काउट कार्यक्रममार्फत विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व जस्ता गुण विकसित गराउने उद्देश्यअनुरूप यस टेकिङलाई व्यवहारिक शिक्षाका रूपमा लिइएको थियो। प्रकृतिसँगको प्रत्यक्ष सम्पर्क, समूहगत कार्यदक्षता र जीवन उपयोगी सीप सिकाउन पदयात्राले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

कार्यक्रमका क्रममा स्काउटका प्रमुख प्रशिक्षक श्यामलाल न्यौपानेले सहभागीहरूलाई स्काउटको इतिहास, उद्देश्य, कार्यपद्धति तथा व्यवहारिक सीपबारे प्रशिक्षण दिएका थिए। उनले कठिन परिस्थितिमा आत्मबल कायम राख्ने तरिका, नेतृत्व प्रदर्शन, टोली व्यवस्थापन तथा क्याम्प फायर गतिविधिसहित विविध व्यवहारिक सीपहरूबारे मार्गदर्शन गरेका थिए।

स्काउट कार्यक्रमले विद्यार्थीहरूको शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक विकास गर्ने, नेतृत्व र टोलीकार्यमा दक्षता बढाउने, सामाजिक सेवा र नागरिकता चेतना विस्तार गर्ने तथा वातावरण संरक्षणप्रति जिम्मेवार बनाउने लक्ष्य राख्ने गर्दछ। यस पदयात्राले यी सबै उद्देश्यहरूलाई बलियो बनाउँदै सहभागीहरूमा साहस, अनुशासन, आत्मविश्वास र आत्मनिर्भरता जस्ता जीवनमूल्यहरू थप मजबुत बनाएको विद्यालयले जनाएको छ।

सो पदयात्रा विद्यालयका शिक्षक सोम सुवेदीको संयोजनमा सम्पन्न भएको थियो। अभिभावकहरूको सक्रिय उपस्थिति र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितासहित कार्यक्रम शिक्षणपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।

वि.सं.२०८२ मंसिर २१ आइतवार १३:३९ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...