वेद प्रसाद रिजाल,इलाम
सुखी छैन मेरो कतै जिन्दगानी
सुने हुन्छ पीडा भरेको कहानी
बिते रात मेरा लगातार रोई
स्वयम् छाम्न सक्छ्यौ भिजेको सिरानी
दिवामा म रोएँ र रोएँ निशामा
बनी अश्रुधारा बगेको छ पानी
मलाई निकै रात एक्लै कुरायौ
कुरेँ नित्य तिम्रा सही बात मानी
सही कर्म गर्दै म निश्चिन्त बन्छु
निराशा बटुल्ने छँदै छैन बानी
घमण्डी बन्यौ बैँसमा मात्तिएर
बगेको नदीतुल्य हो यो जवानी
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् , फऊलुन् , फऊलुन् , फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आनी
रदिफ : ०
अभ्यास : परिश्रमी पाठशाला
वि.सं.२०८३ वैशाख १९ शनिवार ०७:५० मा प्रकाशित






























