back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख १९ शनिवार

711 

shares

वेद प्रसाद रिजाल,इलाम

सुखी छैन मेरो कतै जिन्दगानी
सुने हुन्छ पीडा भरेको कहानी

बिते रात मेरा लगातार रोई
स्वयम् छाम्न सक्छ्यौ भिजेको सिरानी

दिवामा म रोएँ र रोएँ निशामा
बनी अश्रुधारा बगेको छ पानी

मलाई निकै रात एक्लै कुरायौ
कुरेँ नित्य तिम्रा सही बात मानी

सही कर्म गर्दै म निश्चिन्त बन्छु
निराशा बटुल्ने छँदै छैन बानी

घमण्डी बन्यौ बैँसमा मात्तिएर
बगेको नदीतुल्य हो यो जवानी

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् , फऊलुन् , फऊलुन् , फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आनी
रदिफ : ०
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ वैशाख १९ शनिवार ०७:५० मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...