back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख १९ शनिवार

1.2K 

shares

मिलनकुमार ढुङ्‍गाना, झापा

गधा धोएर गाई हो नभन्नू
म मात्रै छु यहाँ बाठो नभन्नू

हजारौँ फूलको गाँस्तै छु माला
सधैँ दुर्बल छ यो धागो नभन्नू

तिमीले देवता ठान्यौ म बिग्रेँ
गलत गर्दा भयो राम्रो नभन्नू

अभरमा साथ खोज्दै हुन्छ मान्छे
तँ भिन्नै जातको थरको नभन्नू

प्रकृतिले नै बनायो काग कालो
कसैको स्वार्थमा सेतो नभन्नू

बहर : बहरे हजज मुसद्दस महजूफ
अर्कान : मुफाईलुन् , मुफाईलुन् , फऊलुन्
वजन : १२२२ १२२२ १२२
काफिया बन्धन : ओ
रदिफ : नभन्नू
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८३ वैशाख १९ शनिवार ०७:५२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...