back
CTIZAN AD

गजल

वि.सं.२०८३ असार ६ शनिवार

495 

shares

अरुण खड्का,कीर्तिपुर

बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा
स्वार्थ बोकी हात थाम्ने निष्ठुरीको के भरोसा

खोट राखी भित्र मनमा बात गर्छन् खुब मजाले
जूनतारा झार्छु भन्ने नक्कलीको के भरोसा

मूर्खलाई बुद्धिमानी मान्न थाले आज मान्छे
धन हुनेकै पाउ पर्ने लालचीको के भरोसा

दुःखपर्दा साथ हुन्थिन् हर बखतमा हात थाम्थिन्
धन भएमा प्यार भुल्ने प्रेयसीको के भरोसा

दाउ हेरी हात थाप्छन् लाभमाथि लाभ लिन्छन्
मित्रलाई घात गर्ने बैगुनीको के भरोसा

बहर : रमल मुसम्मन सालिम
अर्कान : फाइलातुन् , फाइलातुन् , फाइलातुन् , फाइलातुन्
वजन : २१२२ – २१२२ – २१२२ – २१२२
काफिया : ई
तहलिली रदीफ : को
रदीफ : के भरोसा
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ असार ६ शनिवार ०५:१३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...