back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ असार ६ शनिवार

750 

shares

हितमान छन्त्याल (सहोदर )
पोखरा, कास्की

१.
पहाडमा मेरो बास
प्राकृतिक उद्यानले घेरिएको
स्थान पर्छ खास ।

२.
जैविक विविधताको खानी
हृदयमा उमङ्ग भरिदिन्छिन्
सुन्दर प्रकृतिकी रानी ।

३.
रात उज्यालो जूनले
दिनलाई प्रकाश भानुबाट
मनमा ज्योति कुनले ?

४.
बाजा राम्रो धुनले
गरगहनाले ज्यान सुन्दर
विशेष राम्रो गुनले ।

५.
वर्षा भयो घनघोर
उर्लन थाल्यो भेल
इन्द्रावती अरुण तमाेर ।

६.
बैँस चढ्छ वर्षामा
तेर्सो हिँड्छन् सबैतिर
आउँछन् खुबै चर्चामा ।

७.
उन्मत्त बैँसको तालमा
मानव, जीव, जनावरलाई
सोहोरेर लान्छन् अकालमा ।

८.
खुला आकाश राम्रो
चुम्न खोजेको आकाशलाई
अग्ला हिमाल हाम्रो ।

९.
जताततै प्राकृतिक पुञ्ज
स्वर्गीय परमानान्द दिलाउने
भरिभराउ रमणीय कुञ्ज ।

१०.
भकुण्डो जत्रो शीरभित्र
अभेद्य मापन इकाईहरू
अट्दछ तत्त्व विचित्र ।

वि.सं.२०८३ असार ६ शनिवार ०५:२० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...