back
CTIZAN AD

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

वि.सं.२०८३ असार ७ आइतवार

1.3K 

shares

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार काठमाडौंको मध्य बानेश्वरस्थित रत्न राज्य पुस्तकालयको प्राङ्गणमा भव्य समारोहबीच विमोचन गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि तथा शैली साहित्य समाजकी संस्थापक अध्यक्ष मञ्जुश्री प्रधानलगायत साहित्यिक तथा बौद्धिक व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानले ‘पार्शल’ गजल संग्रहले समकालीन समाजका विविध पक्षलाई गहिरो रूपमा उजागर गर्दै सशक्त सन्देश प्रवाह गरेको बताइन् ।

उनले भनिन्, “साहित्य समाजको ऐना हो। जिबी सुनारका गजलहरूले मानव संवेदना, सामाजिक विसंगति, प्रेम, पीडा र आशाका पक्षहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्। ‘पार्शल’ केवल गजलहरूको सङ्ग्रह मात्र नभई समाजलाई सोच्न बाध्य बनाउने सिर्जनात्मक दस्तावेजका रूपमा स्थापित हुने विश्वास लिएकी छु।”

कार्यक्रममा वरिष्ठ गजलकार एमपी पाण्डेले कृतिको समालोचना गर्दै ‘पार्शल’ भित्र समेटिएका गजलहरूमा भाषिक परिपक्वता, भावगत गहिराइ तथा समयको यथार्थ चित्रण रहेको बताए। उनका अनुसार संग्रहमा रहेका गजलहरूले पाठकलाई मनोरञ्जन मात्र नभई सामाजिक चेतना र आत्ममन्थनको अवसर पनि प्रदान गर्छन्।

“जिबी सुनारले गजल विधामा आफ्नो पृथक पहिचान निर्माण गर्ने सम्भावना देखाएका छन्। उनका सिर्जनामा जीवनका भोगाइ, सामाजिक यथार्थ र मानवीय संवेदनाको सुन्दर समिश्रण पाइन्छ,” पाण्डेले बताए।

कार्यक्रममा लेखक जिबी सुनारले विदेशमा रहँदै पनि नेपाली गजल साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको उल्लेख गर्दै आफ्नो पहिलो गजल संग्रह ‘पार्शल’ पाठकमाझ उपहारस्वरूप प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए।

उनले साहित्य सिर्जना आफ्नो भावनात्मक यात्रा र जीवनका अनुभवहरूको अभिव्यक्ति भएको उल्लेख गर्दै पाठकहरूले सङ्ग्रहलाई खुलेर अध्ययन गरी निष्पक्ष र यथार्थपरक प्रतिक्रिया दिन आग्रह गरे। “स्रष्टाका लागि पाठकको प्रतिक्रिया सबैभन्दा ठूलो पुरस्कार हो। मेरो कृतिलाई जस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया दिनुहोला,” उनले भने।

सुनारले पुस्तक प्रकाशन तथा विमोचनलाई सफल बनाउन सहयोग गर्ने आयोजक संस्था, सहयोगी, शुभेच्छुक, साहित्यकार तथा उपस्थित सम्पूर्ण अतिथिप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साहित्य सिर्जनामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

सोही अवसरमा देशका विभिन्न क्षेत्रबाट सहभागी भएका ५० भन्दा बढी साहित्यकारहरूले गजल, कविता, मुक्तक, गीत तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेका थिए। साहित्यिक सिर्जनाले भरिपूर्ण उक्त कार्यक्रमले उपस्थित साहित्यप्रेमीहरूलाई विशेष रूपमा आकर्षित गरेको थियो।

नोबेल साकोस साहित्य संस्थाकी महासचिव शुशीला ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संयोजक राजु न्यौपाने र सचिव गीता अर्यालले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रमको अन्त्यमा साहित्यकार सूर्यबहादुर तामाङले उपस्थित सम्पूर्ण अतिथि, साहित्यकार, सर्जक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै यस्ता साहित्यिक गतिविधिले सिर्जनशीलता प्रवद्र्धन गर्नुका साथै साहित्यिक वातावरणलाई थप उर्जाशील बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधि, स्रष्टा, साहित्यप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

वि.सं.२०८३ असार ७ आइतवार ११:२२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...