back
CTIZAN AD

कविता : सबै पाका मान्छे अनुपम हुन्

वि.सं.२०८३ असार ६ शनिवार

744 

shares

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
विदुर.-४,बट्टार, नुवाकोट

यहाँ बाबा माता शिखरपथका हुन् साँच्चिकै सर्जक ।
वधू छोरा छोरी सकलजनका हुन् दर्बिला तारक ॥
खुबै भोगी हुन्छन् सजगपनका पाकाहरू कर्मका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।१।

युवा जत्था हाम्रा सकल घरका जान्छन् भने बाहिर ।
यही चाला बढ्दा अब मुलुक यो रित्तिन्छ है आखिर ॥
सहारा हुन् सारा युवक युवती मातापिता जीर्णका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।२।

दशा पीडा जाग्दा तकलिफ हुँदा हेर्ने यहाँ को छ र ?
पिताको माताको पिर विरहको सुन्ने यहाँ को छ र ??
व्यथा मर्का बुझ्ने सकस हरने छन् कृष्णजी राधिका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।३।

हिजो उम्दा ताजा बल र सिपले सङ्घर्षले होमिए ।
सधैँ लालाबाला मुटुसरि भनी काया सबै अर्पिए ॥
वधू छोरा छोरी मृदुगण बनून् मातापिता रुग्णका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।४।

गरा पाखा बारी फल बिउ दिने बाँझो हुँदा दिक्क छन् ।
पँधेरो चौतारो पनि हरघड़ी सुर्ता गरी बस्दछन्॥
कठै बाबा आमा विचलित भए जिल्ला कुना गाउँका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।५।

छन्द : छाया
गण : य – म – न – स – त – त – गु
सङ्केत : ISS – SSS – III – IIS – SSI – SSI – S
अक्षर : १९
विश्रामः ६ र १२ मा

वि.सं.२०८३ असार ६ शनिवार ०५:२३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...