back
CTIZAN AD

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

वि.सं.२०८३ जेठ ८ शुक्रवार

66 

shares

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनको अवसरमा ‘आमा’ शीर्षकको मर्मस्पर्शी गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आमाप्रतिको प्रेम, सम्मान र कृतज्ञतालाई संगीत र दृश्यमार्फत प्रस्तुत गरिएको उक्त गीतले दर्शकमाझ भावनात्मक प्रतिक्रिया बटुलिरहेको छ । दाहालका अनुसार यो केवल मनोरञ्जनका लागि बनाइएको म्युजिक भिडियो नभई परदेशमा बसेर आमाको माया, संघर्ष र त्यागलाई सम्झिने छोराको आत्मीय अभिव्यक्ति हो ।

भिडियोको विशेष पक्ष भनेको अधिकांश भूमिकामा सुमनकै परिवारका सदस्यहरूको सहभागिता रहेको छ । आमाको भूमिकामा तुलसीदेवी दाहाल, जेठी छोरीको भूमिकामा मन्दिरा दाहाल, जेठो छोराको भूमिकामा भुवन लोहानी, कान्छी छोरीको भूमिकामा गरिमा पाण्डे तथा कान्छो छोराको भूमिकामा सम्राट दाहालले अभिनय गरेका छन् । युवा आमाको भूमिकामा सुजिता सिटौला देखिएकी छन् भने बाल कलाकारका रूपमा समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले अभिनय गरेका छन् ।

परिवारकै सदस्यहरूलाई समेटेर निर्माण गरिएकाले भिडियोमा कृत्रिमताभन्दा बढी आत्मीयता र यथार्थ झल्किएको दर्शकहरूको प्रतिक्रिया छ । भिडियोले ‘आमा परिवारको धड्कन हुन्’ भन्ने भावलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

गीतका शब्द दाहाल स्वयंले लेखेका हुन् । गीतमा आमाको त्याग, ममता र सन्तानप्रतिको समर्पणलाई संवेदनशील ढंगले समेटिएको छ ।

गीतमा प्रमोद खरेल र समिक्षा अधिकारीको स्वर रहेको छ भने संगीत वसन्त सापकोटले दिएका छन् । संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।

गीत ‘ड्रिम्स स्टुडियो’ मा रेकर्ड गरिएको हो । रेकर्डिस्ट ज्ञानेन्द्र गिरी तथा मिक्सिङ÷मास्टरिङ प्रकाश केसीले गरेका छन् । भिडियोको छायांकन राजु केसी, सम्पादन भूपेन्द्र अधिकारी तथा रङ संयोजन रेनिस फागोले गरेका हुन् । पोस्ट–प्रोडक्सन कार्य ‘किन्डल सिने स्टुडियो’ मा सम्पन्न गरिएको जनाएको छ ।

भावनात्मक कथा, आत्मीय प्रस्तुति र परिवारकै वास्तविक सम्बन्धलाई समेटिएकाले ‘आमा’ गीतले धेरै दर्शकलाई आफ्नै आमाको सम्झनामा भावुक बनाएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ । आमाप्रतिको प्रेमलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको यो सिर्जना हरेक नेपाली सन्तानका लागि विशेष भावनात्मक कोसेली बन्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०८३ जेठ ८ शुक्रवार १५:४० मा प्रकाशित

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...