back
CTIZAN AD

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

वि.सं.२०८३ जेठ ८ शुक्रवार

369 

shares

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि अनाथ आश्रममा कुन्तिपुत्र राधेय कर्णको सत्सङ्ग प्रवचनको उद्घाटन तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेबि अनाथ आश्रममा आश्रीत बालक सुरेन्द्र बानियाबाट प्रवचन हुने भएको हो ।प्रवचन जेठ १३ गतेसम्म चल्ने र बालक आफैले लेखेको पुस्तक आफै प्रवचन गर्ने आश्रमका अध्यक्ष मैनादेबि भण्डारीले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शन्ति नमुना माध्यमिक बिधालयका प्राचार्य कुलप्रसाद लामिछानेले पुस्तक बिमोचन गरि कार्यक्रमलाइ सम्बोधन गर्दै आफैले सानैदेखि अध्यापन गराएको बालक आज पुस्तक लेखेर सोहि पुस्तक प्रवचन गर्न सक्षम भएकोमा आफुलगायत बिद्यालय परिवार अत्यन्तै गौरवान्तित बनेको कुरा ब्यक्त गर्दै ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै सानैदेखि बालक अति चलाख र तिक्ष्ण बुद्दि भएको स्मरण समेत गरे ।

आश्रमका सहयोगि पिता कुमाीर वस्ताकोटिले सन्चालन गरेको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा टिकाराम खनाल अतिथिहरु रामचन्द्र घिमिरे, इश्वरी प्रसाद बस्याल, बाबुराम शर्मा, कालिकादेबि रेग्मी साथै बिभिन्न आमासमुहका साथै टोलबासिहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०८३ जेठ ८ शुक्रवार १५:४८ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...