back
CTIZAN AD

चारु

वि.सं.२०८३ जेठ २ शनिवार

1.2K 

shares

कल्पना मरासिनी
भूमिकास्थान,अर्घाखाँची
हाल : ललितपुर

हिमाल हाँस्दा मोतीका दाना देखेँ
सुनौला अनमोल खजाना देखेँ

कृत्रिमतातिरै अग्रसर हुँदो
यो प्रकृतिविमुख जमाना देखेँ

घामपानीसँगै बगैँचामा डुल्दा
तिनै बिरुवाको खाना देखेँ

समता, प्रेम र करुणाको सामु
फर्की हेर्दा बाँकी सबै साना देखेँ

जहाँ थिए बाँझो खेतबारीहरू
त्यहिँ घरका चुहिने छाना देखेँ ।

अनुप्रास : आना
शेष अनुप्रास : देखेँ
अक्षर सङ्ख्या : १२
अभ्यास ; चारु अभ्यास पाठशाला

वि.सं.२०८३ जेठ २ शनिवार ०४:५८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...