back
CTIZAN AD

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

वि.सं.२०८३ जेठ २ शनिवार

1.2K 

shares

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) एक विशेष समारोहका बीच विमोचन गरिएको छ।

घोराहीस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा हालै आयोजित उक्त कार्यक्रममा प्रमुख लोकसाहित्य अनुसन्धानकर्ता डा. गोविन्द आचार्य प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिको रूपमा रहेका थिए ।

विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पदमप्रसाद शर्माले ’रचना कुसुम’ लाई नेपाली साहित्यको एउटा ओजिलो प्राप्तिको रूपमा चित्रण गर्दै भने “लेखक अधिकारीको यो कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतलाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गरेको छ। पुस्तकको उपशीर्षक ’असतोमा सद्गमय’ ले भनेझैँ यसले पाठकलाई असत्यबाट सत्यको मार्गतिर डो¥याउने सामथ्र्य राख्दछ। भाषाको शुद्धता र भावको गहिराइले गर्दा यो अत्यन्तै सुन्दर र प्रेरणादायी पुस्तक बनेको छ।“

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ’समीर’, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना गरेका थिए । वक्ताहरूले लेखकको लामो साधना र अनुभवको निचोडका रूपमा यो कृति आएको बताए ।

लेखकका तर्फबाट सुपुत्र ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए । कार्यक्रममा दाङका प्रतिष्ठित साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

वि.सं.२०८३ जेठ २ शनिवार ०५:०२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...