back
CTIZAN AD

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

वि.सं.२०८३ जेठ ८ शुक्रवार

399 

shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७१ दशमलव ८९ मा पुगेको छ ।

कूल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार भएकामध्ये दुई सय तीन कम्पनीको शेयर मूल्य भने उकालो लागेको छ । यस्तै, ५७ कम्पनीको भने ओरालो लागेको छ । आठ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।
कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै, क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुंगल हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताले आज कमाएका छन् ।

यस्तै, एनआइसी एशिया व्यालेन्स फण्ड,ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबिएल डिबेञ्चर– २०९१, सानिमा बैंक डिवेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।

वि.सं.२०८३ जेठ ८ शुक्रवार १६:१४ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...