back
CTIZAN AD

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

वि.सं.२०८३ वैशाख १० बिहीवार

708 

shares

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने र मुटुको नसामा जमेको कोलोस्टोरलाई नि कम गर्छ भन्ने विश्वासको साथ हामीहरूले कागती पानी पिउने गर्छौँ । कागती पानी भ्रम की यथार्थ हो त ? आज हामी यही विषयमा चर्चा गर्ने छौँ ।

कागतीमा के के पाइन्छ त ?
कागतीमा क्यालोरीको मात्रामा कमी हुन्छ । एउटा औसत आकारको कागतीमा जम्मा भन्दा २० भन्दा क्यालोरी पाइन्छ । त्यस्तै कागतीमा साईट्रिक एसिड पर्याप्त मात्रामा पाइन्छ । पोटासियम पनि कागतीमा मज्जाले पाइन्छ । त्यस्तै कागतीमा एन्टिअक्सिडेन्ट पाइन्छ जसले दीर्घ रोगबाट लाग्नबाट बचाउँछ । कागतीको अर्को प्रमुख गुण हो यसमा पाउने भिटामिन सी जुन कागतीमा पर्याप्त मात्रामा पाइन्छ । त्यस्तै यसमा बि वान र बि सिक्स भिटामिन पनि पाइन्छ । त्यस्तै कागतीमा विभिन्न प्रकारको खनिज पदार्थ पनि पाइन्छ । जस्तै आइरन, म्याग्नेसियम, क्याल्सियम पनि पाइन्छ । कागतीमा सोलु बल फाइबर पाइन्छ । जसले हाम्रो पाचन प्रणाली, मुटु, रक्त नली, क्लोस्टोरलाई पनि प्रत्यक्ष रूपमा फाइदा गर्छ ।

के मुटुको ब्लोकेज कागती पानीले घटाउँछ ?
कागती पानीले मुटुको ब्लोकेजलाई घटाउँछ भनेर हामीले कागती पानी दैनिक रूपमा खाई रहेको हुन्छौ । सरको भाषामा यसको उत्तर दिनुपर्दा कागती पानीले मुटुको ब्लोकेजलाई घटाउने काम गर्दैन । यस विषयमा अनुसन्धान पनि भएको छ जसको नतिजामा प्रतिउत्तर नो आएको छ । तर ब्लोकेज हुन चाहिँ कागती पानीले रोक्न मद्दत गर्छ । हाम्रो शरीरमा भएको ब्याड क्लोस्टोर हुन्छ जुन रगत नलीको भित्तामा जाने प्रक्रियामा कागती पानीको ठुलै भूमिका हुन्छ । भिटामिन र एन्टिअक्सिडेन्टले क्लोस्टोरलाई नराम्रो हुनबाट रोक्छ र रगत नलीको भित्तामा क्लोस्टर टाँसिन पनि रोक्छ । त्यसैले कागती पानीले ब्लोकेजको सुरुको प्रक्रियालाई रोक्छ । त्यस्तै नराम्रो क्लोस्टर घटाउने र रक्तचापलाई पनि नियन्त्रण गर्छ । त्यसैले यसलाई रोकथामको रूपमा लिन सकिन्छ तर ब्लोकेज भैईसकेको अवस्थामा यसले पगालेर निकाल्न भने सक्दैन । जुन भ्रम हो ।

के कागती पानीले तौल घटाउँछ ?
हामीहरू कागती पानी आएर तौल घट्छ भनेर बिहान सबेरै कागती पानी पिउने गर्छै । बिहान बिहान कागती पानी पिउने त राम्रो हो तर कागती पानीले तौल भने घटाउँदैन । कागती पानीले हाम्रो तौल घटाउने र हाम्रो शरीरमा भएको बोसोलाई पगाल्ने काम गर्दैन । तर कागती अप्रत्यक्ष तरिकाले तौल घटाउन भने मद्दत गर्दछ । हामीहरू बिहान उठेर चिया, कफी खाने गर्छै जसमा क्लोरिजको मात्रामा बढी हुन्छ । हामीले चिया कफीको सट्टा कागती पानी पियौँ भने त्यसैले अज्ज बढी फाइदा गर्छ किनकि कागती पानीमा क्योलोपरिजको मात्रामा कमी हुन्छ । कागती पानी जब हामी खान्छौ त्यसमा भएका फाइबर पोटासियम जस्ता कुराले भाक कम लाग्छ । अब भोक कम लागेपछि यत्तिकै पनि तौल घट्ने नै भयो । त्यसैले कागती पानीले प्रत्यक्ष रूपमा भने तौल घटाउँदैन ।

के कागती पानीले मधुमेहलाई नि फाइदा गर्छ ?
कागतीले मधुमेहलाई पनि फाइदा गर्छ । पहिलो त यसमा क्लोरिजको मात्रामा कमी हुन्छ दोस्रो जब कागती पानी पेटमा जान्छ यसले गुलकोज अवशोषण(एब्जप्सन) गर्छ र ढिला गर्दिन्छ जसले गर्दा गुलकोज मेटाबोलिजममा पनि यसले सकारात्मक भूमिका खेल्छ ।

के कागती पानीलाई पाचनलाई नि फाइदा गर्छ
कहिले काहीँ खाना खाएर अलिकति पेटमा केही गाह्रो भयो भने हामीहरू कागती पानी र विशेष गरेर कालो नुन अलिकति मन तातो बनाएर खाने गर्छै अनि तुरुन्तै सजिलो महसुस हुन्छ । यो चाहिँ प्रमाणित कुरा पनि हो यसमा पाइने विभिन्न तत्त्वहरूले हाम्रो पाचनलाई धेरै हदसम्म फाइदा गर्छ । ब्लोटिङ पेट फुल्ने ग्यास बन्ने र इन्डाइजेसन जस्तो फिल हुनेलाई इमिडिएटली र लङ टर्ममा पनि यसले हेल्प गर्न सक्छ तर जो एसिडिटीको बिरामीहरू हुनु हुन्छ भने अलिकति समस्या आउन सक्छ किनभने लेमन भनेको आफैमा अम्लीय अर्थात एसिड हो । यो चाहिँ पेटमा जाँदाखेरि कसै कसैलाई सबैलाई होइन एसिडिटी गराउन सक्छ ।

के कागतीले कलेजोलाई पनि फाइदा गर्छ ?
आजभोलि कलेजोलाई डिटक्स गर्ने फ्याटी लिभरको कुराहरू एकदमै चर्चाको विषय हो । अहिलेको खानपिन जीवनशैलीले मोटोपनाले यदि कलेजो प्रभावित भएको हो भने कागती वा यस्तै अरू कुराले तपाईँको त्यो समस्यालाई समाधान गरिदिँदैन तर जति पनि प्राकृतिक आहारहरू छन् विशेष गरेर साइट्रस फ्रुट्स जस्तै कागती भयो यसले चाहिँ लिभरको कामलाई पनि अलिकति सपोर्ट गर्ने तर यसले यो प्रमाणित गर्दैन । लिभरलाई यसले सफा गरिदिने शरीरलाई सफा गरिदिने त्या भ्रममा चाहिँ पर्नु हुँदैन । जहाँसम्म फ्याटी लिभरको कुरा छ सानो सानो अनुसन्धानहरूले फ्याटी लिभरको व्यक्तिलाई पनि लेमन वाटर राम्रो हुन सक्छ भनेर देखाएको छ ।

के मृगौलालाई पनि यसले फाइदा गर्छ ?
कागती पानीमा पाइने साइट्रिक एसिड जब हाम्रो शरीरमा जान्छ युरिनमा साइट्रेटमा कन्भर्ट हुन्छ । क्याल्सियम र अक्जलेट जुन पिसाबमा हुन्छ त्यो मिलेर स्टोन बन्ने गर्छ । कागती बडी खाएर वा त्यस्तै साइट्रेटिक फुड अरू केही खाएर क्याल्सियम र साइट्रेट मिल्छ र अक्जलेट योसँग जोडिन पाउँदैन जसको कारणले स्टोन बन्ने प्रक्रियालाई पनि यसले रोक्न चाहिँ मदत गर्न सक्छ ।

के कागतीले पानीको पनि सन्तुलन गर्छ ?
गर्मीको महिनामा हाम्रो शरीरमा पानी र खनिजको कमी हुने सम्भावना बढी हुन्छ र यदि कागती पानी विशेष गरेर बिहान बिहान खाने बानी गरियो भने शरीरमा पानी र खनिज दुवैको मात्रा सन्तुलनमा हुन्छ ।

के एनिमियामा पनि कागतीको भूमिका छ ?
रगतको कमीमा एनिमियामा पनि यसको भूमिका छ किनभने यसमा थोरै आइरन हुन्छ तर यसमा पाइने जुन भिटामिन सी हुन्छ भिटामिन सीले आन्द्रामा आइरनको एब्जप्सनलाई यसले चाहिँ बढाउने गर्छ । आइरन भएका खानेकुराहरू जस्तै मासु वा अरू केही कुरा खादा आन्द्रामा त्यो सबै सोसन हुँदैन त्यसको धेरै पार्टलाई सोसन नभएर बाहिर निकालिन्छ तर भिटामिन सी पर्याप्त छ भने त्यो खानामा यो सँगसँगै एब्जप्सन बढाउँछ

तर लेमनको सबभन्दा महत्त्वपूर्ण र पक्ष जुन हो यसमा पाइने विभिन्न किसिमका एन्टीअक्सिडेन्ट्सहरू विशेष गरेर भिटामिन सी, हेस्पेरिडिन, इरियोसिट्रिन, डायोस्मिन यस्ता जुन एन्टीअक्सिडेन्ट्सहरू छन्, यसले चाहिँ विभिन्न किसिमका दीर्घ रोग घटाउने केही अध्ययनहरूले देखाएको छ । समष्टिगत रूपमा हेर्दाखेरि यो एउटा अनिवार्य आहारको रूपमा हो जसलाई हामीले विभिन्न तरिकाले जस्तै खाली पेटमा, खानापछि जसरी भए पनि खाना सक्छौँ ।

डा. ओम मुर्तिको भिडियोबाट साभार ।

वि.सं.२०८३ वैशाख १० बिहीवार १७:०३ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...