back
CTIZAN AD

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

वि.सं.२०८३ साउन १ शुक्रवार

189 

shares

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई सदस्य पदमा नियुक्तिका लागि औपचारिक रूपमा दरखास्त आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै योग्य र इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।

मन्त्रालयद्वारा गठित सिफारिस समितिको निर्णयअनुसार आयोगको पदाधिकारी चयन प्रक्रिया अघि बढाइएको छ, जसमा आयोगको अध्यक्षमा एक जना र एक जना महिला अनिवार्य हुने गरी दुई सदस्य पदका लागि खुला प्रतिस्पर्धात्मक आवेदन माग गरिएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आगामी साउन १५ गते कार्यालय समयभित्र आवश्यक कागजातसहित शिक्षा मन्त्रालयमा आवेदन पेस गरिसक्नुपर्नेछ। कानुनी व्यवस्थाअनुसार यी पदहरूका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ। यसका साथै उम्मेदवारको उमेर आवेदन दिने समयमा ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने र आवेदक कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने प्रावधान राखिएको छ।

अनुभवको हकमा अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात् सचिव वा सोसरहको पदमा काम गरिसकेको हुनुपर्नेछ भने सदस्य पदका लागि शिक्षा, कानुन वा प्रशासनको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ। दरखास्त फाराम, बुझाउनुपर्ने व्यक्तिगत विवरण, कार्ययोजनाको ढाँचा र आवश्यक कागजातहरूको विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट तथा शिक्षक सेवा आयोगको वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

आवेदन पेश गर्दा व्यक्तिगत विवरण र अपलोड गरिएका कागजातहरू सावधानीपूर्वक रुजु गर्न आयोगले आग्रह गरेको छ। एकपटक आवेदन र शुल्क बुझाइसकेपछि विवरण तथा कागजात सच्याउन वा परिवर्तन गर्न नमिल्ने भएकाले सबै जानकारी सही भएरनभएको यकिन गरेर मात्रै अन्तिम रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

यसअघि आयोगको अनलाइन प्रणालीमा खाता बनाइसकेका उम्मेदवारहरूले पुरानै प्रयोगकर्ता नाम  र पासवर्ड प्रयोग गर्नुपर्नेछ भने एउटै नाम ट एकभन्दा बढी व्यक्तिले आवेदन दिन नपाइने व्यवस्था गरिएको आयोगले जनाएको छ। आवेदन प्रक्रियामा प्राविधिक समस्या आएमा आयोगले तोकेको सहायता नम्बरमा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ।

वि.सं.२०८३ साउन १ शुक्रवार १४:५५ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...