back
CTIZAN AD

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

वि.सं.२०८३ साउन १ शुक्रवार

402 

shares

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको कर्जाको धितो लिलाम बिक्रीको विषयमा सामाजिक सञ्जालमा गलत तथा भ्रामक सूचना फैलाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

बैंकले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जालमा बैंकको आन्तरिक नीति तथा नियामकीय निर्देशनको अधीनमा रही प्रवाह भएको कर्जाको साँवा–ब्याज असुलीका लागि अपनाइएको प्रक्रियालाई गलत रूपमा प्रस्तुत गरी भ्रम सिर्जना गर्ने प्रयास भएको जनाएको हो ।

बैंकका अनुसार धितो लिलाम बिक्रीका लागि आवश्यक प्रक्रिया पूरा गरी सार्वजनिक रूपमा सूचना प्रकाशित गरेर लिलाम बिक्रीको प्रयास गरिएको थियो । उक्त प्रक्रियामा बोलपत्रलाई बैंकिङ नियम तथा प्रचलित कानुनबमोजिम स्वीकृत गरी धितो लिलाम गरिएको बैंकले स्पष्ट पारेको छ ।

यस्तै, बैंकले ऋण सम्झौताबमोजिम कर्जा नियमित नभएपछि धितो लिलाम प्रक्रियामार्फत कर्जा असुली गर्ने क्रममा ऋणीसँग व्यक्तिगत लेनदेन गरेको भन्दै सामाजिक सञ्जालमा गरिएको प्रचारप्रति पनि आपत्ति जनाएको छ ।

बैंकले आफूले ऋणीको व्यक्तिगत तथा पारिवारिक विषयमा कुनै चासो नराख्ने र ऋणीले बैंकका कर्मचारीमाथि लगाएका आरोपहरू समेत निराधार रहेको दाबी गरेको छ ।

बैंकले आफ्ना कर्मचारीलाई विभिन्न लाञ्छना लगाउने, गालीगलौज गर्ने, झुटा आरोप लगाउने तथा व्यक्तिगत रूपमा बदनाम गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता गतिविधि बैंकको गोपनीयता र नियामकीय अनुपालनविपरीत रहेको बैंकको भनाइ छ ।

बैंकले आफ्ना कर्मचारीको चरित्र हत्या गर्ने तथा बदनाम गर्ने उद्देश्यले गरिएका गतिविधिप्रति कानुनी कारबाहीमा जाने चेतावनीसमेत दिएको छ । बैंकले आफूविरुद्ध फैलाइएका भ्रामक सूचना तथा आरोपप्रति आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेसमेत जनाएको छ ।

 

वि.सं.२०८३ साउन १ शुक्रवार १६:४६ मा प्रकाशित

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...