back
CTIZAN AD

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

वि.सं.२०८३ वैशाख १० बिहीवार

447 

shares

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क केन्द्र नेपालमा दर्ता नहुँदा विद्युतीय अपराधमा परेका मुद्दाको छिनोफानो गर्न कठिन भएको बताएका छन् ।

राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा साइबर बुलिङ तथा साइबर अपराध र नियन्त्रणका लागि भइरहेका प्रयासको ब्रिफिङ गर्ने क्रममा महानिरिक्षक कार्कीले सामाजिक सञ्जालमार्फत ‘फेक आइडी’ बनाउने, गालीगलौज गर्ने, गलत सूचना दिनेलगायत डिजिटल बैंकिङ जस्ता जघन्य अपराध बढिरहेको उल्लेख गर्दै पीडितलाई द्रूतगतिमा न्याय दिन चुनौती थपिएको बताए । धेरै जसो फेसबुक, इन्स्टाग्राम, हवाट्सएप लगायतका प्लेटफर्मको दुरुपयोग गर्दै हिंसात्मक गतिविधि भएका मुद्दा प्रहरीमा दर्ता भएको उनले बताए । उनका अनुसार कार्यालयमा साइबर क्राइमसँग सम्बन्धित दैनिक ८० देखि ९० वटा उजुरी पर्ने गरेका छन् ।

प्रहरी कार्यालयमा गत वर्ष साइबर बुलिङ र हिंसाका तीन हजार उजुरी परेको महानिरिक्षक कार्कीले जानकारी दिए । गत वर्ष भने विद्युतीय अपराधसम्बन्धी १८ हजार ९२६ उजुरी परेका थिए । सामाजिक सञ्जालका प्लेटर्फममार्फत व्यक्तिको चरित्रहत्या गर्ने, यौन हिंसा गर्ने, गालीगलौच गर्ने र मिथ्या झुटा सूचना प्रसार गर्ने लगायतका क्रियाकलापले अपराधिक गतिविधिलाई बढावा दिएको उनले सुनाए ।

प्रर्याप्त जनशक्तिको अभाव, प्रविधि सम्पन्न संरचनाको अभाव, पुरानो कानुन हुनुका साथै सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र नहुँदा अपराध व्यवस्थापन गर्न चुनौती झेल्नु परेको महानिरिक्षक कार्कीको भनाइ थियो ।

“हामीसँग प्रविधिसँग सम्बन्धित कानुन पुरानो भयो, सामाजिक सञ्जाल व्यवस्थापन विधेयक ल्याउनुपर्छ र विद्युतीय कारोबार ऐन २०६३ संशोधन गर्नुपर्छ”, उनले भने, “साथै, विद्यालय, क्याम्पस र समाजमा सामाजिक सञ्जालको सही प्रयोग तथा सुरक्षाको विषयमा चेतना जगाउने अभियानमा जोड दिनुपर्छ ।”

वि.सं.२०८३ वैशाख १० बिहीवार १६:०२ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...