back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ वैशाख १९ शनिवार

519 

shares

वसन्त अनुभव
वसन्तविहार, घोराही दाङ

१.
परिस्थिति रहोस् कस्तै
प्रगाढ रहोस् सम्बन्ध
आँखा, आँसुको जस्तै ।

२.
अटुट सम्बन्धको खानी
सम्बन्धको बलियो उदाहरण
नङ, मासुको कहानी ।

३.
भएर मनदेखि टाढा
कसरी चल्छ सुमधुर ?
हाम्रो जिन्दगीको गाडा ।

४.
चढ्छन् करोडौँको कार
सर्वहाराका प्रतिनिधि उनी
राम्रै छ बन्दव्यापार ।

५.
लुछेर निमुखाको मासु
निर्लज्ज व्वाँसा ती
झार्छन् गोहीको आँसु ।

६.
देखावटी सुकेको आँत
बाहिर बडेमानको दाह्रो
अन्तर्यमा चपाउने दाँत ।

७.
हुँदैन कसैको फिक्री
हिराको मोदक हातमा
परेपछि सुनको सिक्री ।

८.
सम्झन्छ्न् मूर्ख हरपल
जितेर भुल्छ्न् नेता
रुवाउँछन् जनता पलपल ।

९.
पाइँदैन खोज्दा काम
कसरी छ्ल्नु यहाँ ?
अभावको चर्को घाम ।

१०.
गरिबी बाध्यताको करमा
परदेश पुग्छन् युवाहरू
कति फर्कन्छ्न् बाकसमा ।

वि.सं.२०८३ वैशाख १९ शनिवार ०८:०१ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...