back
CTIZAN AD

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

वि.सं.२०८३ वैशाख १८ शुक्रवार

1.1K 

shares

नयाँ पुस्ताको उदय

नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले भरिएको छ । राणा शासनदेखि प्रजातन्त्र, पञ्चायत प्रणाली हुदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा नेपाली जनताले अनेकौं राजनीतिक अभ्यासहरु अनुभव गरेका छन् । तर पछिल्लो समय नेपालको राजनीतिमा एउटा नयांँ प्रवृति स्पष्ट देखिएको छ । नयाँ पुस्ताद्धारा गरिएको आन्दोलन अचानक नभई लामो समय देखि संचित असन्तुष्टि र निराशाको परिणाम हो । युवा पुस्ताले पुरानो राजनीति प्रणाली, आर्थिक अवस्था र सामाजिक समस्या, भष्ट्राचार, ढिलासुस्ती, नातावाद, कृपावाद, विकासर शुसासनको अभावले दिक्क भएर परिवर्तनको माग गरेका थिए । फलस्वरुप जेनजी आन्दोलन द्धारा नयां राजनीतिक कोर्ष सुरु भएको छ । वर्तमान युवा नेतृत्वको सरकारले कामको थालनी समेत गरेको छ । युवा पुस्ता, शिक्षितवर्ग र वैकल्पिक सोच बोकेका नेताहरुको प्रवेशले परम्परागत राजनीतिक संरचनामा चुनौति सिर्जना गरेको छ । यसले नेपालको राजनीतिक भविष्यप्रति आशा जगाएता पनि सरकार दुइतिहाई नजिक भएको अवस्थामा संसदको वाटोे छलेर विधेयक ल्याउन खोज्नुले केहि राजनीिित जटिलताको आशंका जन्माएको देखिन्छ । नया पुस्ताका राजनीतिक नेताहरु पुराना भन्दा भेरै फरक विशेषता बोकेका छन जसमा शिक्षित र दक्ष नेतृत्व, उच्चशिक्षा प्राप्त गरि विदेशमा अध्ययन वा काम गरेको अनुभव, नीतिगत ज्ञान, व्यवस्थापन क्षमता र आधुनिक सोच पाइन्छ । पुराना नेताको तुलनामा नयाँ नेताहरुले भ्रष्टाचार विरुद्ध कडा आवाज उठाई पारदर्शिता र उत्तरदायित्वमा जोड दिएका छन । डिजिटल प्लेटफर्म, ई गर्भनेन्स र स्मार्ट प्रशासनमा नयाँ पुस्ता बढि केन्द्रित देखिन्छन् र प्रविधि मैत्रि पनि छन । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन रुचाउने, सामाजिक सञ्जालको वढि प्रयोग गर्दै जनताको गुनासो र सुझावलाई तुरुन्त सम्वोधन गर्ने प्रयास गरेको देखिन्छ तसर्थ पनि जनताको भरोसा वढेको छ । तथापी आफ्नो धरातल विर्सदै गए र जनउत्तरदायि हुन सकेनन भने जनतामा निराशा पैदा हुन समय लाग्ने छैन ।

नयांँ पु्स्ताको उदयका अवसर
नयां पुस्ताको प्रवेशले शुसासनको आशा वढाएको छ । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कामप्रति उनीहरुको प्रतिवद्धताले सरकारी कामकाज र शिक्षा क्षेत्र लगायतमा केहि सुधार हुन थालेको देखिन्छ । सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको व्यवहार, कार्यको गुणस्तरमा सुधारको संकेत देखा पर्न थालेको छ । नेपालमा भ्रष्टाचार दशकौ देखिको ठुलो समस्याहो । नया पुस्ताको सरकारले यस प्रति कडा कदमचाल्ने संकेत देखा परेको छ जसवाट राज्यको अर्बौ रुपियाको वचतहुने छ । नया पुस्ता विकास र नवप्रवर्तनमा वढि केन्द्रित देखिएको हुंदा प्रविधिको प्रयोग, स्टार्टअपलाई प्रोत्साहन, रोजगार सिर्जना र पुर्वाधारको विकासमा नयाँ आशा पलाएको देखिन्छ । पुराना दलप्रति घट्दो विश्वासलाई पुनःस्थापित गर्ने अवसर नया पुस्तासंँग भएको हुंंदा उनिहरुले राम्रो कार्य प्रदर्शन गर्न सके भने जनतामा राजनीतिप्रति सकारात्मक धारणा विकास हुन सक्छ । त्यस्तै अन्तर्राष्ट्रिय सम्वन्धलाई सन्तुलित, मर्यादित र व्यवसायीक बनाउन सक्छ । यसले नेपालको आर्थिक र कुुटनीतिक स्थितिलाई थप मजबुत बनाउन मद्दत गर्न सक्छ ।

नयांँ पुुस्ताका चुनौतीहरु
नयांँ पुस्ताका धेरै नेताहरुमा राजनीतिक अनुभवमा निकै कमजोर देखिन्छन । नीति निर्माण, कूटनीति, र प्रशासनिक निर्णयहरुमा अनुभवको अभावले केहि नीतिगत समस्याहरु ल्याएको देखिन्छ । आज प्रयाप्त होमवर्क र अध्ययन विना निर्णय गर्ने भोलि फिर्ता लिने परीपाटीको विकास हुने संभावना पनि प्रबल देखिन्छ । पुराना राजनीतिक दलहरु चुनावमा हारे पनि उनिहरुको संरचना नयाँको भन्दा मजबुत र शक्तिसाली भएको हुंदानया राजनीतिक शक्तिलाई स्थापित हुन अवरोध, षडयन्त्र, दबाव र असहयोग जस्ता चुनौतिहरुको सामना गर्नु पर्ने देखिन्छ । युवापलायन रोक्ने, भोक, रोक, अशिक्षा, हालै विस्तापित गरिएको सुकुम्वासी समस्या समाधान लगायत जनताले नयाँ पुस्तावाट धेरै अपेक्षा गरेको हुदा यो समयमा पुरा गर्न सकेनन भने पुन जनतामा निराशा पैदा नहोला भन्न सकिदैन । नयाँ पुस्तामा आवद्ध समुह र दलहरु विचमा आन्तरिक एकताको अभाव भयो भने उनिहरुको प्रभाब कमजोर हुदै जाने हुदा यो पनि एक चुनौतिको रुपमा देखा परेको छ । रबि लामिछाने र बालेन्द्र शाह लगायतको बिचमा फाटो ल्याउन रातदिनलाग्ने पक्षहरुको कमी देखिदैन । नेपालको प्रशासनिक प्रणली अझै पुरानो ढांचामा आधारीत छ । ब्युरोक्रेसी, कानुनी जटिलता र यसको निर्माण एवं संसोधन र प्रक्रियागत ढिलासुस्तिले नयांं सोच र कार्यान्वयनलाई कठिन बनाउने हुंदा यसको सुधार तर्फ नयां सरकारको ध्यान जान जरुरी छ ।

नयाँ पुस्ताको सफलताका लागि आवस्यक कदम
नयां पुस्ताले पुराना अनुभवी व्यक्तिहरुसँग सहकार्य गरि अनुभव र ज्ञानको विचमा संतुलन ल्याउनु पर्दछ । दीर्घकालिन योजना, स्पष्ट नीति र कार्यान्वयन क्षमता आवश्यक सुधार जरुरी छ । जनताको विश्वास कायम राख्न उनिहरुसँग वारम्वार नियमित संवाद जरुरी छ । यो कार्यमा पुरानादलका नेताहरु चुकेको कारण आज यो दुर्गति भोग्नु परेको हो । चुनाव जितेपछि आफ्नो क्षेत्र र जनताका समस्यालाई बेवास्ता गर्ने कार्यले जन आक्रोस वढेको हो । प्रशासनिक सुधार, कानुनी सुधार र पारदर्शिता सुनिश्चित गर्नु पर्ने हुन्छ । राजनीतिमा सफल हुन सवै भन्दा मुख्य कुरा नैतिकता भएको हो यसलाई कायम राख्नु अपरिहार्य छ । नेपालको राजनीतिमा नयाँ पुस्ताको उदय एक सकारात्मक पक्ष भएता पनि आफ्नो प्रतिवद्धतामा चुकेमा, पारदर्शिता नभएमा, जनताको विश्वास जित्न नसकेमा र प्रणालीगत सुधार गर्न नसकेमा नेपालको राजनीतिक भविष्य थप जटिल वन्ने छ तसर्थ नेपालको संवृद्धि र आर्थिक विकास एवं स्थायित्व नयाँ पुस्ताको क्षमता, इमान्दारिता र दुरदृष्ठिमा निर्भर रहनेछ भन्नेमा कसैको दुईमत नरहला ।

उनिहरुले परिवर्तन, पारदर्शिता र शुसासनको एजेण्डा अघि सारेका छन् तथापी यो यात्रा कानुनी जटिलता र अनुभवको कमीले सहज भने छैन । नेपालको राजनीति अझै पनि पराम्परागत दलको नियन्त्रणमा रहेको हुँदा नयाँ पुस्तालाई अवसर नदिने, राजनीतिक अवरोध सिर्जना गर्ने र वदनाम गर्ने प्रयास नहोला भन्न सकिदैन । छिटो जनतालाई परिणाम दिनु पर्ने, सानो गल्तिमा पनि ठूलो आलोचना हुने कारण उनिहरुमा मानसिक र राजनीतिक रुपमा तिब्र दबाव छ । विचार, नेतृत्व विवाद र रणनीतिक असहमतिले उनिहरुको प्रभाव कमजोर हुन सक्ने कुरा त यथावत नै छ । तथापी धैर्यता, साहस, सहकार्य र स्पष्ट रणनीतिका साथ नयाँ शक्ति अगाडि वढ्न सकेमा नेपालको भविष्य उज्वल हुने देखिन्छ ।
(लेखक डा. वशिष्ठ बैंकिङ्ग क्षेत्रका जानकार हुन् ।)

 

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२८ मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...