back
CTIZAN AD

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

वि.सं.२०८३ वैशाख १७ बिहीवार

360 

shares

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले हुलाक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी उपलब्ध गराउने भएको छ ।

सङ्घीय सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं २७ मा उल्लेख भएअनुरुप राहदानी हुलाक सेवामार्फत नागरिकको घरदैलोमा उपलब्ध गराउने लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार हुलाक सेवामार्फत घरदैलोमा सेवा पु¥याउनका लागि कार्यालयले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरेको छ ।

जिल्लाका सातै पालिकामा रहेका हुलाक कार्यालयमार्फत घरघरमा राहदानी पु¥याउने व्यवस्था गरिएको हो । प्रजिअ अर्यालका अनुसार आजदेखि राहदानीको फोटो खिच्न आएका सेवाग्राहीलाई घरमा बुझ्ने की कार्यालयमा आएर बुझ्ने भन्ने विषयको फारम भराइने छ । उनले भने, “फारम भर्दा घरमा नै बुझ्ने भन्ने सेवाग्राहीले रु ५५ तिर्नुपर्ने हुन्छ । खाममा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बरसहित सो रकम तिरेपछि कार्यालयमा आएको राहदानी सम्बन्धित व्यक्तिको घरमा पु¥याउने छ ।”

राहदानी बनेर जिल्लामा आइसकेका तर लिन नआएकाहरूको हकमा हुलाक कार्यालयले सम्पर्क गरेर घरमानै लिने की यहाँ आउने सोध्ने प्रजिअ अर्यालले बताउनुभयो । यस्ता राहदानी अहिले एक हजार २११ वटा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

वि.सं.२०८३ वैशाख १७ बिहीवार १७:४३ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...