back
CTIZAN AD

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

वि.सं.२०८३ साउन १४ बिहीवार

183 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, संयमता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग आग्रह गरेका छन्।ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मार्फत ४ बुँदे आग्रह गरेका हुन् ।

ओलीद्वारा जारी वक्तव्यमा देवानगञ्जमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहामा गणेश यादवको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिक गम्भीर घाइते भएको घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उनले पछिल्ला दिनमा सिरहा लगायत विभिन्न स्थानमा समेत गोली लागेर थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन्।

मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका ओलीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

वक्तव्यमा उनले सम्पूर्ण नागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा सरोकारवालालाई कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न, संयम अपनाउन तथा सामाजिक सद्भाव र भ्रातृत्व कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

अध्यक्ष ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु, संवादमार्फत समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्व भए पनि संवेदनशील परिस्थितिमा सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य रहेको टिप्पणी गरेका छन्। उनले हिंसात्मक गतिविधि तत्काल रोक्दै वार्ता र संवादको माध्यमबाट समाधान खोज्न सरकारसँग माग गरेका छन्।

साथै, वर्तमान विषम परिस्थितिमा प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले द्वन्द्व र हिंसाबाट होइन, संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै मुलुकले निकास पाउने बताएका छन्।

ओलीले राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हितका पक्षमा एकताबद्ध हुन समेत आह्वान गरेका छन्।

वि.सं.२०८३ साउन १४ बिहीवार १८:४३ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...