back
CTIZAN AD

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

वि.सं.२०८३ साउन १४ बिहीवार

216 

shares

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रशासनका अनुसार बिहीबार बिहानदेखि दुई पक्षबीच तनाव र झडप भइरहेको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। सोही क्रममा सुरक्षाकर्मीको गोली लाग्दा यादव गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो। घटनाको विस्तृत विवरण र गोली चलाउनुपर्ने अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।

घटनापछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेपछि प्रशासनले दिउँसो २ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न सबै पक्षसँग संयमता अपनाउन अनुरोध गरेको छ। सुरक्षा चुनौती बढ्दै गएपछि सिरहाका साथै, धनुषा, लाहानमा पनि अन्श्चिितकालीन कर्फ्यु  लगाइएको छ ।

आइतबार साँझ सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जबाट सुरु भएको झडपको अवस्था मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा फैलिँदै गएको छ । जिल्ला प्रशासन कार्यालयहरुले कर्फ्यु  आदेश गरेपनि नागरिकहरुले प्रतिवाद गर्दै सडकमा आउँदा भिडिन्तका घटनाहरु पनि बढीरहेका छन् । यसैक्रममा आज सिराहामा गणेश यादवको ज्यान गएको छ ।

वि.सं.२०८३ साउन १४ बिहीवार १६:४० मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...