back
CTIZAN AD

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

वि.सं.२०८३ जेठ २८ बिहीवार

531 

shares
मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र सञ्चालन भइरहेको एक अनौपचारिक तर जीवनपरिवर्तनकारी विद्यालयले सडकमा जीवन बिताइरहेका तथा अत्यन्त विपन्न बालबालिकाका लागि शिक्षाको नयाँ बाटो खोलिदिएको छ । सहरका चम्किला भवन र भीडभाडयुक्त सडकबीच रहेको यो ‘सिग्नल शाला’ विद्यालय धेरैका लागि आशा र अवसरको केन्द्र बनेको छ ।
भारतमा छ देखि १४ वर्ष उमेरका बालबालिकाका लागि निःशुल्क शिक्षाको कानूनी व्यवस्था भए पनि गरिबी, बसाइँसराइ र अस्थिर रोजगारीका कारण लाखौँ बालबालिका अझै विद्यालय बाहिर रहेका छन् । विशेषगरी मुम्बईजस्ता ठूला सहरमा सडक र झुपडी बस्तीमा बस्ने परिवारका बालबालिका नियमित शिक्षाबाट वञ्चित हुने अवस्था कायम छ ।
यही सन्दर्भमा गैरनाफामुखी संस्थाले सञ्चालन गरेको ‘सिग्नल शाला’ ले सडक बालबालिकालाई लक्षित गर्दै वैकल्पिक शिक्षाको मोडेल अघि सारेको हो । संस्थापक भटु सावन्तका अनुसार औपचारिक शिक्षामा पहुँच नपाएका दर्जनौँ बालबालिकालाई समेट्दै उनीहरूलाई नियमित सिकाइमा ल्याउने प्रयास भइरहेको छ ।
“यी बालबालिकाहरू नियमित विद्यालय जान सक्दैनन्, त्यसैले हामीले उनीहरूका लागि विद्यालय नै उनीहरूसम्म ल्याएका हौँ”, सावन्तले भने ।
भारतको विशाल सार्वजनिक विद्यालय प्रणाली भए पनि सन् २०२४–२५ को सरकारी तथ्याङ्कअनुसार करिब १२ लाख बालबालिका अझै विद्यालय बाहिर रहेको देखिएको छ । यसलाई बालशिक्षामा गम्भीर चुनौतीका रूपमा लिइएको छ ।
सिग्नल शाला फ्लाइओभरमुनि राखिएका वातानुकूलित कन्टेनरहरूबाट सञ्चालन हुन्छ, जहाँ ट्राफिकको निरन्तर आवाजबीच कक्षा सञ्चालन हुन्छ । विद्यालयको संरचना सडक जीवनको यथार्थअनुसार तयार गरिएको छ । बिहानै विद्यालय बसले मुम्बईका झुपडी बस्तीका साँघुरा गल्लीहरू घुम्दै यातायात खर्च धान्न नसक्ने धेरै परिवारका विद्यार्थीहरूलाई उठाउँछ ।
विद्यालय प्रवेशसँगै बालबालिकालाई पहिले नुहाउने सुविधा दिइन्छ, व्यक्तिगत सरसफाइका आधारभूत सुविधा नहुँदा उनीहरूका लागि किताब, लुगा र सामग्री सुरक्षित राख्न लकरको व्यवस्था गरिएको छ । दैनिक तीन छाक खाना निःशुल्क उपलब्ध गराइन्छ र कक्षा समय पनि सामान्यभन्दा लामो राखिएको छ ।
यहाँ शिक्षण प्रणाली उमेर नभई, क्षमताका आधारमा विभाजन गरिएको छ । शिक्षकहरूले कहिल्यै औपचारिक विद्यालय नदेखेका बालबालिकाका लागि आधारभूत लेखपढदेखि व्यावहारिक सीपसम्मका पाठ्यक्रम अनुकूलन गर्छन् । ठूला उमेरका विद्यार्थीलाई स्थिर बस्ने, स्पष्ट बोल्ने र ध्यान केन्द्रित गर्ने जस्ता आधारभूत सामाजिक सीप पनि सिकाइन्छ ।
विद्यालयमा विशेष चुनौती अर्ध–घुमन्ते पारधी समुदायका बालबालिकासँग देखिन्छ, उनीहरूले स्थानीय भाषा पनि राम्ररी बोल्दैनन् । शिक्षक तेजस्वी बोराडेका अनुसार सुरुआती अवस्थामा धेरै बालबालिकालाई हप्ता, महिना वा ऋतुजस्ता आधारभूत अवधारणा पनि थाहा थिएन ।
“जब उनीहरू यहाँ आएका थिए, उनीहरूलाई समयको आधारभूत संरचना नै थाहा थिएन”, बोराडेले भनिन् ।
विद्यार्थीहरूका लागि यो विद्यालय केवल पढाइको ठाउँ मात्र नभई सुरक्षित आश्रयस्थल पनि बनेको छ । १२ वर्षीया पूजा पवारले विद्यालय बस देख्दा खुसी हुने बताउँदै विद्यालयमा खाना, खेलकुद र सांस्कृतिक गतिविधिले आफूलाई आकर्षित गर्ने बताइन्। “बिहानको खाना राम्रो हुन्छ, हामी केक बनाउँछौँ, नाच्छौँ”, उनले भनिन् ।
ट्राफिक लाइटमा सामान बेचेर जीविकोपार्जन गर्ने १२ वर्षीय बालाजी लक्ष्मणका लागि विद्यालय नयाँ भविष्यको ढोका बनेको छ । उनले डाक्टर बन्ने सपना देख्न थालेको बताए ।
सञ्चालक सावन्तका अनुसार विद्यालयको उद्देश्य केवल आधारभूत शिक्षा दिनु मात्र नभई बालबालिकालाई २१औँ शताब्दीका लागि तयार पार्नु पनि हो । मुम्बई बाहिरी क्षेत्रमा स्थापना गरिएका अन्य विद्यालयहरूमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र थ्रीडी प्रिन्टिङजस्ता आधुनिक प्रविधि पनि सिकाइन्छ ।
सावन्तले सरकार र निजी क्षेत्रको सहयोगमा सञ्चालन भइरहेको यो मोडेलले ‘अत्यन्त वञ्चित बालबालिकालाई पनि समान अवसर दिन सक्ने’ विश्वास व्यक्त गरे । उनका अनुसार आजका यी बालबालिकाले प्रविधि र सीपमा पहुँच पाए भने भविष्यमा सामाजिक असमानता घटाउन सक्ने आधार तयार हुनेछ ।
(रासस/एएफपी)

वि.सं.२०८३ जेठ २८ बिहीवार ०७:३८ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...