back
CTIZAN AD

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

वि.सं.२०८३ असार १८ बिहीवार

303 

shares
आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा धेरै जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।
एन्टवर्प प्रहरीले बुधबार दिएको जानकारीअनुसार लिङ्करोभर क्षेत्रमा रहेको १० तले अपार्टमेन्ट भवनको आठौँ तल्लाबाट आगलागी सुरु भएको थियो। उक्त भवनमा दुई सयभन्दा बढी मानिस बस्दै आएका थिए।
प्रहरीका अनुसार आगलागीपछि भवन खाली गर्ने काम भइरहेको छ। आगोबाट निस्किएको बाक्लो धुवाँका कारण आसपासका बासिन्दालाई झ्याल तथा ढोका बन्द राख्न र आवश्यक परेमा भेन्टिलेसन प्रणाली बन्द गर्न आग्रह गरिएको छ।
आगलागीको तीव्रता र फैलावटका कारण अग्निनियन्त्रकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। विशेष ड्रोन टोलीसहित अग्निनियन्त्रक र प्रहरीका विभिन्न टोली घटनास्थलमा परिचालन गरिएको छ।
आगलागीको कारण र मृतक तथा घाइतेको यकिन विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।  (रासस/एपी)

वि.सं.२०८३ असार १८ बिहीवार ०७:५७ मा प्रकाशित

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...