back
CTIZAN AD

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

वि.सं.२०८३ असार १८ बिहीवार

198 

shares
जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल सुदृढ गर्न ३९ नयाँ विमानस्थल निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यातायात मन्त्रालयका नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले उक्त योजना हवाई सम्पर्क विस्तार, दुर्गम क्षेत्रसम्म पहुँच अभिवृद्धि तथा द्वीपसमूहभर सन्तुलित आर्थिक विकास प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाइएको बताएका छन् ।
उनका अनुसार नयाँ विमानस्थल निर्माणपछि इन्डोनेसियाको योजनाबद्ध हवाई सञ्जाल २९६ केन्द्रमा विस्तार हुनेछ । हाल देशभर २५७ विमानस्थल सञ्चालनमा रहेका छन् ।
नयाँ विमानस्थल निर्माण गर्दा सुरक्षा मापदण्ड, आधुनिक प्रविधिको उपयोग तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम सामना गर्न सक्ने पूर्वाधार विकासलाई प्राथमिकता दिइने  उनले बताए ।(रासस/ सिन्ह्वा)

वि.सं.२०८३ असार १८ बिहीवार ०७:१४ मा प्रकाशित

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...