back
CTIZAN AD

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वि.सं.२०८३ असार १८ बिहीवार

210 

shares
वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन तथा विशेषज्ञ स्वास्थ्य सेवामाथिको दबाब कम गर्ने उद्देश्यले देशव्यापी रूपमा घरमै गर्न सकिने परीक्षण सेवा सुरु गरेको छ ।
सरकारका अनुसार लक्षण देखिएका बिरामीका लागि प्रयोग गरिने ‘फेकल इम्युनोकेमिकल टेस्ट’९एफआईटी०मार्फत दिसामा लुकेको रगत पहिचान गर्न सकिन्छ, जुन आन्द्राको क्यान्सरको प्रारम्भिक सङ्केत मानिन्छ । घरमै गर्न सकिने यस परीक्षणको नतिजा केही दिनभित्र प्राप्त हुने जनाइएको छ ।
स्वास्थ्यमन्त्री सिमोन ब्राउनले उच्च जोखिममा रहेका बिरामी पहिचान गर्न एफआईटी परीक्षण प्रभावकारी हुने बताउँदै यसले कोलोनोस्कोपी आवश्यक पर्ने बिरामीलाई प्राथमिकताका साथ सेवा दिन र प्रतीक्षा अवधि घटाउन सहयोग पुग्ने उल्लेख गरे ।
सरकारका अनुसार यस प्रणालीबाट लक्षण भएका बिरामीका लागि कोलोनोस्कोपीको सिफारिस करिब ३० प्रतिशतसम्म घट्न सक्ने अपेक्षा गरिएको छ । यसबाट विशेषज्ञ सेवाको क्षमता अन्य आवश्यक बिरामीका लागि उपयोग गर्न सकिने विश्वास गरिएको छ ।
न्युजिल्याण्ड सरकारले राष्ट्रिय आन्द्राको क्यान्सर स्क्रिनिङ कार्यक्रमको उमेर सीमा पनि क्रमशः घटाइरहेको छ । यसअघि ६० वर्षबाट घटाएर ५८ वर्ष कायम गरिएको स्क्रिनिङ उमेर आगामी सेप्टेम्बरदेखि ५६ वर्षमा झारिनेछ । यसबाट आगामी चार वर्षमा थप दुई लाखभन्दा बढी नागरिकले निःशुल्क स्क्रिनिङ सेवा प्राप्त गर्ने सरकारको लक्ष्य छ ।
नयाँ व्यवस्थाअनुसार आन्द्राको क्यान्सरका लक्षण देखिएका र सामान्य चिकित्सकबाट सिफारिस गरिएका अधिकांश बिरामीले सुरुमा एफआईटी परीक्षण गर्नेछन् । परीक्षणको नतिजा सकारात्मक आएमा उनीहरूलाई कोलोनोस्कोपी वा अन्य आवश्यक परीक्षणका लागि प्राथमिकताका साथ पठाइनेछ ।
न्युजिल्याण्डमा आन्द्राको क्यान्सर दोस्रो सबैभन्दा बढी ज्यान लिने क्यान्सरका रूपमा रहेको छ । रासस/सिन्ह्वा

वि.सं.२०८३ असार १८ बिहीवार ०७:०१ मा प्रकाशित

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...