back
CTIZAN AD

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

वि.सं.२०८३ साउन ६ बुधवार

42 

shares

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गर्दै आवेदन प्रक्रिया आफैं पूरा गर्न सुझाव दिएको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा भिसा प्रणालीको दुरुपयोग गर्ने र ठगी गर्ने गतिविधिले सबै भिसा आवेदकमाथि थप कडाइ हुने उल्लेख गरेको छ। साथै, अमेरिकी भिसा प्रणालीको सुरक्षा सुनिश्चित गर्न कडा जाँच प्रक्रिया अपनाइने र ठगीका घटनालाई अत्यन्त गम्भीर रूपमा लिइने जनाएको छ।

दूतावासले भिसा, राहदानी तथा Consular Report of Birth Abroad (CRBA) सम्बन्धी आवेदन अरूलाई पैसा दिएर नभर्न आग्रह गर्दै यसो गर्दा आर्थिक नोक्सानीसँगै व्यक्तिगत पहिचानसमेत जोखिममा पर्न सक्ने चेतावनी दिएको छ।

भिसा ठगीबारे जानकारी भएमा fraudktm@state.gov मा सूचना दिन दूतावासले अनुरोध गरेको छ। साथै, आवेदन प्रक्रिया र आवश्यक जानकारीका लागि अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइटबाट मात्र जानकारी लिन आग्रह गरेको छ।

वि.सं.२०८३ साउन ६ बुधवार १६:३१ मा प्रकाशित

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर...