back
CTIZAN AD

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

वि.सं.२०८३ जेठ २८ बिहीवार

1.1K 

shares

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी विषयसँग जोडिएका तनाव तथा अशान्तिका घटनाहरू सार्वजनिक भइरहेका बेला एनआरएनए यूकेले त्यहाँ रहेका नेपाली समुदायलाई सतर्क रहन आग्रह गरेको छ।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जारी गरेको प्रेस वक्तव्यमा बेलायतमा बसोबास, रोजगारी तथा व्यवसाय गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिस्थितिप्रति सजग रहन अनुरोध गरिएको छ।

वक्तव्यमा कुनै पनि अफवाहमा विश्वास नगर्न र स्थानीय काउन्सिल, सुरक्षा निकाय तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन आग्रह गरिएको छ। आवश्यक परेमा प्रहरी तथा सम्बन्धित स्थानीय निकायसँग सम्पर्क गरी सहयोग लिन पनि नेपाली समुदायलाई सुझाव दिइएको छ।

त्यसैगरी, आफ्नो परिवार, समुदाय तथा विशेषगरी विद्यार्थी र नवआगन्तुक नेपालीहरूलाई पनि वर्तमान परिस्थितिबारे सचेत र जानकारी राख्न आग्रह गरिएको छ।

अध्यक्ष पुडासैनीले शान्ति, आपसी सद्भाव, कानुनको सम्मान र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै कुनै पनि उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेका छन्। नेपाली समुदायले सधैंझैँ एकता, संयम र पारस्परिक सहयोगको भावना कायम राख्ने विश्वास व्यक्त गर्दै उनले आफू, परिवार र समुदायको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन पुनः आग्रह गरेका छन्।

एनआरएनए यूकेको उक्त अपिल बेलायतमा विकसित पछिल्लो परिस्थितिका बीच नेपाली समुदायको सुरक्षा र सचेतनालाई ध्यानमा राखेर जारी गरिएको जनाइएको छ।

वि.सं.२०८३ जेठ २८ बिहीवार ०८:५० मा प्रकाशित

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...