back
CTIZAN AD

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार

1.3K 

shares

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक भएको कथित जबरजस्ती करणीसम्बन्धी घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै घटनामा संस्थाको भूमिका, मानवीय सहयोग तथा पछिल्लो कानुनी घटनाक्रमबारे स्पष्टिकरण दिएको छ।

संघका अध्यक्ष जगन सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा घटना सार्वजनिक भएलगत्तै तत्कालीन अध्यक्ष माधव दुलालको नेतृत्वमा रहेको कार्यसमितिले विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार, पीडित भनिएकी नेपाली विद्यार्थीलाई आवश्यक सहयोग तथा कानुनी प्रक्रियामा सहजीकरण गर्न तत्कालीन महासचिवलाई जिम्मेवारी दिइएको थियो।

एनआरएनए क्यानडाले उक्त समयमा नेपाली समुदायबाट पीडित भनिएकी युवतीको कानुनी तथा प्रशासनिक प्रक्रियाका लागि आर्थिक सहयोगसमेत संकलन गरिएको जनाएको छ। संस्थाले आफूले कानुनी निकायको भूमिका निर्वाह नगर्ने, बरु मानवीय संवेदनाका आधारमा सहयोग गर्ने संस्था भएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा हालै अदालतको प्रक्रियापछि आरोपित नेपाली युवक निर्दोष सावित भई रिहा भएको जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको उल्लेख गर्दै यस घटनाले मुद्दाको प्रकृतिमा नयाँ आयाम थपेको बताइएको छ।

संघले पीडित भनिएकी युवतीको वर्तमान अवस्था तथा उनी नेपाल फर्किएको वा नफर्किएको विषयमा कुनै जानकारी नभएको जनाएको छ। साथै, युवती नेपाल पुगेको भए पनि त्यस प्रक्रियामा संस्था संलग्न नरहेको स्पष्ट पार्दै घटनापछिका अन्य गतिविधिसँग एनआरएनए क्यानडालाई नजोड्न आग्रह गरेको छ।

एनआरएनए क्यानडाले निर्दोष सावित भएका नेपाली युवकले आवश्यक ठानेर सहयोगको माग गरेमा मानवीय सहायता उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।

विज्ञप्तिमा संस्थाले क्यानडाको न्याय प्रणालीप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि सत्य, न्याय र निष्पक्षताको पक्षमा उभिने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, विगतमा सहयोग गर्ने क्रममा कुनै त्रुटि भएको भए त्यसबाट सिकेर भविष्यमा सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

संघले नेपाली समुदायमा शान्ति, सद्भाव र न्यायपूर्ण वातावरण निर्माण गर्ने उद्देश्यसहित सबै पक्षलाई संयमता अपनाउन तथा कानुनी प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ।

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:१२ मा प्रकाशित

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...