back
CTIZAN AD

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

वि.सं.२०८३ जेठ २८ बिहीवार

207 

shares

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् ।

“नहरमा पानी आएपछि धानखेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ, पाल्हीनन्दन –४ पाल्हीमा खेत रोपाइँ गरिरहेको किसान रामसिंह कुर्मीले भन्नुभयो”, उनका अनुसार “कतिपय किसानको बीउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाइँ सुरु गरेका छन् । नहरको पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाइँ गर्न थालेका हौँ । खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्यो, गत वर्ष पनि मल पर्याप्त नपाएर धान उत्पादन घट्छकी किसानहरुलाई चिन्ता लागेको थियो । यस वर्ष पनि त्यस्तै छ ।”

रोपाहार नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति नै रोपाइँमा जुटेका छन् । गतका वर्षजस्तै यस वर्ष पनि पानी पर्ला भनेर छिट्टो धानको बीउ राखेर किसानले छिटो नै रोप्न थालेका छन् ।

नवलपरासीको पाल्हीमा धान रोपाइँ गर्दै गरेका किसान त्रिभुवन कुर्मीले भने । बीउ छोटो भए पनि खेतको छेउछाउका किसान रोप्न थालेको देखेर खेतमा ट्याक्टर जाने बाटो बन्द हुन्छ भनेर छोटो बीउ नै रोप्न थालेको बताए । अहिले यति बेला पश्चिम गण्डक नहरको उत्तरतर्फ नजिक रहेका र दक्षिणतर्फका अकिांश खेतमा किसानहरुले रोपाइँ गरिरहेका छन् ।

यस वर्ष गण्डक नहरमा पानी खोल्दा ३२ किमी गण्डक नहरमा ३६ घण्टामै नहर भरी पानी पुुगेको आफूलाई जानकारी आएपछि नहरको पानीबाट किसानले धान रोपाइँ गरेर लाभ लिनुु भए छ पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिए ।

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:२६ मा प्रकाशित

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...