back
CTIZAN AD

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

वि.सं.२०८३ जेठ २८ बिहीवार

258 

shares

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो ।

सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल रु एक अर्ब सात करोड लागतमा निर्माण गर्नका लागि विसं २०७९ भदौ २६ गते ठेक्का सम्झौता गरिएको थियो ।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलोपटक म्याद थप गरिएको थियो ।

हालसम्म पुलको ६१ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ ।

सेती नदीको उत्तर साइडमा कारवासलगायत जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको थियो । तर, जग्गाधनीको मागअनुसार यसको क्षतिपूर्ति र मुआब्जा दिनुपर्नेलगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ । पछिल्लो समय दुई जना जग्गाधनी केदार पौडेल र माधव पौडेलले समेत मुआब्जा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुँवरले बताए ।

निर्माण कम्पनीले चीनबाट सामान ल्याउन ढिलाइ भएको तथा खानेपानी पाइप स्थानान्तरणलगायत समस्या देखाउँदैै ढिलाइ गरेपछि काममा विलम्व भएको थियो । “जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन, जसका कारणले समेत काममा अवरोध भयो । केही दिनअघि उहाँहरुले मुआब्जा लिनुभएको छ । अब साइडमा कुनै पनि समस्या छैन, काम रोकिने अवस्था आउँदैन,” कुँवरले भने ।

सेती पुलको हालसम्म १२० पाइल फाउण्डेसन सकिएको, पाइल क्याप तथा चार वटा टावरको काम सकिएको छ । यसैगरी, एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सकिएको छ ।

 

वि.सं.२०८३ जेठ २८ बिहीवार ०७:१३ मा प्रकाशित

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

काठमाडौं। नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तार गर्दै कृषि उत्पादन,...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...