back
CTIZAN AD

नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तारमा बंगलादेशको जोड

वि.सं.२०८३ साउन १२ मंगलवार

78 

shares

काठमाडौं। नेपालसँग कृषि तथा व्यापारिक सहकार्य विस्तार गर्दै कृषि उत्पादन, खाद्य प्रशोधन उद्योग र द्विपक्षीय व्यापारलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता बंगलादेशले व्यक्त गरेको छ। नेपालस्थित बंगलादेश दूतावासले आइतबार काठमाडौंको उत्सव कुञ्जमा आयोजना गरेको ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ आँप महोत्सवमा वक्ताहरूले कृषि क्षेत्रको साझेदारी, प्रविधि आदान–प्रदान र कृषि उत्पादनको व्यापार विस्तारमार्फत दुई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि सार्क सचिवालयका महासचिव मोहम्मद गोलाम सरवार ले दक्षिण एसियामा उत्कृष्ट कृषि उत्पादन हुँदाहुँदै पनि विश्व बजारमा निर्यात न्यून रहेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूबीच कृषि, खाद्य प्रशोधन र व्यापारिक सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। यस्ता कार्यक्रमले क्षेत्रीय कृषि सहकार्यलाई नयाँ गति दिने उनको भनाइ थियो।

नेपालका लागि बंगलादेशका राजदूत एमडी शफिकुर रहमान ले बंगलादेशले कृषि तथा कृषि प्रशोधन क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै आँप बंगलादेशको संस्कृति, परम्परा र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण कृषि उत्पादन भएको बताए। उनले खिर्सापात (हिमसागर), हरिभाङ्गा, लंग्रा, फजली, गोपालभोग, अम्रपाली, आश्विना, काटिमोन, गौरामोती तथा बारीलगायतका विभिन्न जातका आँप विश्वस्तरीय गुणस्तरका रहेको बताए।

उनले बंगलादेशका वैज्ञानिकहरूले ढिलो सिजनमा उत्पादन हुने उन्नत आँपका प्रजाति विकास गर्नुका साथै आँप प्रशोधन उद्योगले जुस, पल्प, जाम, अचार, चट्नी, ड्राइ म्याङ्गो, क्यान्डी, फ्रुट बारलगायत अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उत्पादन बजारमा ल्याएको जानकारी दिए।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्र राजभण्डारी ले महोत्सवले नेपाल र बंगलादेशबीचको मित्रता, जनस्तरको सम्बन्ध र आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले ‘म्याङ्गो डिप्लोमेसी’ जस्ता सिर्जनात्मक पहलले दुई देशबीच व्यापार र सांस्कृतिक सम्बन्ध विस्तार गर्न सकारात्मक भूमिका खेल्ने बताए।

महोत्सवमा राजशाही क्षेत्रका फजली, अम्रपाली, बारी–४, काटिमोन, गौरामोती, आश्विनालगायत ढिलो सिजनमा फल्ने आँप तथा आँपबाट बनेका जुस, अचार, जाम, जेली, चट्नी, ड्राइ म्याङ्गो, फ्रुट बार, केक, म्याङ्गो पुडिङ र अन्य परिकार प्रदर्शनी तथा स्वादका लागि राखिएका थिए।

बंगलादेशका अनुभवी आँप किसान रफिकुल इस्लामले ‘गुड एग्रिकल्चरल प्राक्टिस (GAP)’ मापदण्डअनुसार आँप खेती गर्ने प्रविधिबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा बंगलादेशको आधुनिक बागवानी, दिगो कृषि प्रणाली, खाद्य प्रशोधन उद्योग तथा पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।

करीब २५० जना व्यवसायी, फलफूल व्यापारी, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि, कूटनीतिज्ञ, सञ्चारकर्मी तथा सरकारी अधिकारी सहभागी कार्यक्रममा बंगलादेशी परम्परागत खानाको समेत व्यवस्था गरिएको थियो।

दूतावासले यस्ता कार्यक्रममार्फत नेपाल र बंगलादेशबीच कृषि, व्यापार, लगानी तथा सांस्कृतिक आदानप्रदानलाई थप प्रवर्द्धन गर्दै कृषि तथा प्रशोधित खाद्य उत्पादनको द्विपक्षीय व्यापार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

वि.सं.२०८३ साउन १२ मंगलवार १०:५० मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

काठमाडौं। सुनसरीमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...