back
CTIZAN AD

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

वि.सं.२०८३ साउन १२ मंगलवार

177 

shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वमा अघि बढाइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन्। उनले उक्त आयोजना दूरदर्शी सोच, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको सफल प्रतिफल भएको बताएका छन्।

हाल चीन भ्रमणमा रहेका खनालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन आफूले हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणसम्बन्धी रहेको स्मरण गराएका छन्। काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने लाखौँ नागरिकले दशकौँदेखि ट्राफिक जाम र कठिन यात्राको सास्ती भोग्दै आएको अवस्थालाई मध्यनजर गर्दै जनजीवन सहज बनाउने उद्देश्यका साथ उक्त आयोजना अघि बढाइएको उनले उल्लेख गरेका छन्।

उनका अनुसार वि.सं. २०६७ माघ २३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन सुरुङमार्ग निर्माणको पहिलो फाइलमा हस्ताक्षर गरिएको थियो। त्यसको चार दिनपछि, माघ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वीकृत गरेको थियो। त्यसपछि वि.सं. २०६८ मा आयोजनालाई नीतिगत रूपमा अघि बढाउने निर्णय गर्दै आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत आवश्यक बजेट विनियोजन गरिएको उनले बताएका छन्।

विगतमा गरिएको दूरदर्शी राष्ट्रिय निर्णय आज कार्यान्वयनमा पुगेको देख्दा सन्तोष लागेको उल्लेख गर्दै खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको पूर्वाधार विकासमा कोसेढुङ्गा साबित भएको बताएका छन्। उनका अनुसार यो आयोजना दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको जीवन्त उदाहरण बनेको छ।

राष्ट्र निर्माण कुनै एक व्यक्ति, एक सरकार वा एक कार्यकालको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यस्ता राष्ट्रिय महत्वका आयोजना सफल बनाउन निरन्तरता, सहकार्य र सामूहिक उत्तरदायित्व अपरिहार्य हुने धारणा व्यक्त गरेका छन्।

खनालले आयोजना सम्पन्न गर्न विभिन्न समयमा नेतृत्व गर्ने सरकार, प्राविधिक, कर्मचारी, मजदुर तथा जापान सरकार सहित प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै सबैलाई बधाई दिएका छन्।

साथै, सुरुङमार्ग सञ्चालनमा आएसँगै सुरक्षित, सहज, छरितो र आधुनिक यातायात प्रणालीको विकास हुने, राष्ट्रिय अर्थतन्त्र सुदृढ बन्ने, उत्पादनशीलता वृद्धि हुने तथा पर्यटन प्रवर्द्धनसँगै समग्र विकास प्रक्रियाले नयाँ गति लिने विश्वास उनले व्यक्त गरेका छन्।

वि.सं.२०८३ साउन १२ मंगलवार ११:१० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...