काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा चार हजार ३०० रुपैयाँले र चाँदीको १३५ रुपैयाँले घटेकोे हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ६५५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३१० रुपैयाँमा किनबेच भइरहेको हो ।
वि.सं.२०८३ साउन १२ मंगलवार ११:१४ मा प्रकाशित






























