back
CTIZAN AD

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

वि.सं.२०८३ साउन १२ मंगलवार

156 

shares

काठमाडौं। सुनसरीमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरे लाई गृह मन्त्रालय तानेको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल लाई सुनसरीको जिम्मेवारी दिइएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा दुई पक्षबीच भएको झडपका क्रममा एक जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएपछि गृह मन्त्रालयले जिल्लाको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको हो। घाइतेमध्ये नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरीका जवान रहेका छन्।

घटनापछि मन्त्रालयले कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद घिमिरेलाई पनि प्रहरी प्रधान कार्यालय तानेर उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाएको छ। यस्तै, सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ भने उनको स्थानमा एसपी पुष्पराज मल्ललाई खटाइएको छ। सशस्त्र प्रहरीतर्फ पनि जिल्लाको नेतृत्व परिवर्तन गरिएको छ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव दिन जिम्मेवारी दिइएको छ।

घटनापछि थप तनाव फैलिन नदिन देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

वि.सं.२०८३ साउन १२ मंगलवार ११:२६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...