back
CTIZAN AD

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

वि.सं.२०८३ साउन १२ मंगलवार

267 

shares

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) को आह्वानमा आज देशभरका सरकारी तथा निजी अस्पतालमा ओपीडी स्वास्थ्य सेवा बन्द गरिएको छ।

नारायणी अस्पतालमा वीरगञ्जमा डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा आज चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । उनीहरुले देशभर आकस्मिक बाहेकको सेवा बन्द गरेका छन् ।

संघको आन्दोलनका कारण नियमित बहिरङ्ग (ओपीडी) सेवा, फलोअप, विशेषज्ञ परामर्श तथा अन्य गैरआकस्मिक स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्। यद्यपि आकस्मिक (इमर्जेन्सी) सेवा, सघन उपचार कक्ष (आईसीयू), भर्ना भएका बिरामीको उपचार, प्रसूति तथा अन्य जीवनरक्षक सेवाहरू भने नियमित रूपमा सञ्चालन भइरहेको अस्पतालहरूले जनाएका छन्।

नेपाल चिकित्सक संघले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको भर्त्सना गर्दै दोषीमाथि तत्काल कडा कानुनी कारबाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

संघले उपचारका क्रममा हुने विवादलाई हिंसात्मक बनाउने प्रवृत्ति अस्वीकार्य रहेको उल्लेख गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्नेमा जोड दिएको छ। आफ्ना माग पूरा नभएसम्म आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने चेतावनी पनि संघले दिएको छ।

उता, आन्दोलनका कारण नियमित स्वास्थ्य सेवा प्रभावित भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू मर्कामा परेका छन्। सरकारले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।

वि.सं.२०८३ साउन १२ मंगलवार ११:३९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...