back
CTIZAN AD

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

वि.सं.२०८३ साउन १२ मंगलवार

183 

shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थिति थप जटिल हुन नदिन सबै पक्षलाई उच्च विवेक र संयम अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सुनसरीको देवानगञ्जमा एक युवकको मृत्यु हुने तथा सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने घटना अत्यन्त गम्भीर र चिन्ताजनक भएको बताएका छन्।

उनले विज्ञान र प्रविधिको तीव्र विकास, बदलिँदो भू–राजनीतिक परिवेश तथा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको वर्तमान अवस्थामा यस्ता अवाञ्छित र हानिकारक घटनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र राजनीतिक स्थिरतामाथि चुनौती सिर्जना गर्न सक्ने उल्लेख गरेका छन्।

भट्टराईले हालै गठन भएको नयाँ सरकार, सबै राजनीतिक दल तथा आम नागरिकलाई यस्ता घटनाप्रति जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै कुनै पनि बहानामा देशलाई पुनः अविकास र अस्थिरताको भुमरीमा फस्न दिन नहुने बताएका छन्।

“आगामी दिन अझ चुनौतीपूर्ण हुन सक्छन्। त्यसैले सबैले उच्च विवेक र संयमका साथ व्यवहार गर्न आवश्यक छ,” उनले भनेका छन्।

भट्टराईले इतिहासबाट पाठ सिक्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै देशलाई विभाजन, हिंसा र अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका छन्। “हामीले अहिले पनि विवेक गुमायौं भने इतिहासले कसैलाई पनि क्षमा गर्ने छैन,” उनले उल्लेख गरेका छन्।

वि.सं.२०८३ साउन १२ मंगलवार ०८:४२ मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...