back
CTIZAN AD

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

वि.सं.२०८३ वैशाख १८ शुक्रवार

1.2K 

shares

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विशाल मिलन वैज्ञानिक योगले पर्यटकीय गन्तव्य नुवाकोटको रमणीय स्थल ककनीमा विशेष स्वास्थ्य सचेतना तथा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।

विश्वभर हरेक वर्ष मे ३ मा मनाइने विश्व हास्य दिवसको अवसर पारेर नेपाली पात्रो अनुसार वैशाख २० गते आइतबार उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। यस कार्यक्रमले हास्य, योग र प्राकृतिक वातावरणबीचको सन्तुलनमार्फत स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमबारे जानकारी दिँदै संस्थाका संरक्षक तथा योग प्रशिक्षक डा. दीपक  आचार्यले भने, “मानिसको स्वास्थ्यमा हास्यको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। दैनिक जीवनमा हाँसोले मानसिक तनाव कम गर्नुका साथै शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। त्यसैले हास्य दिवसको सन्दर्भमा पिकनिकसहितको कार्यक्रम आयोजना गरिएको हो।”

उनका अनुसार पछिल्लो समय अत्यधिक तनावयुक्त जीवनशैलीका कारण युवा वर्गमै हृदयघातजस्ता गम्भीर स्वास्थ्य समस्या बढ्दो अवस्थामा छन्। यस्तो चुनौतीपूर्ण परिवेशमा योग, ध्यान र हाँसोमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम ककनीस्थित सुन्दर र शान्त वातावरणमा अवस्थित तारा गाउँ हाेटल एण्ड रिसाेर्टमा सम्पन्न हुनेछ, जहाँ सहभागीहरूले प्राकृतिक सौन्दर्यसँगै योग, ध्यान, हास्य अभ्यास तथा आपसी अन्तरक्रियाबाट लाभ लिन सक्नेछन्।

काठमाडौँ महानगरपालिका वडा नं. ४ मा रहेको विशाल मिलन वैज्ञानिक योग संस्था वि.सं. २०४३ सालदेखि निरन्तर रूपमा सक्रिय छ। संस्थाले हरेक बिहान ५:३० देखि ७:०० बजेसम्म नियमित रूपमा योग, प्राणायाम र ध्यान अभ्यास सञ्चालन गर्दै आएको छ। साथै योगसम्बन्धी गीत, पुस्तक प्रकाशनमार्फत पनि यसले आफ्नो गतिविधि विस्तार गर्दै आएको छ।

यस कार्यक्रमले सहभागीहरूलाई केवल मनोरञ्जन मात्र नभई स्वास्थ्यप्रति सचेत बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १८:५३ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...