back
CTIZAN AD

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

वि.सं.२०८३ वैशाख १८ शुक्रवार

5.7K 

shares

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु आमा को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको ट्रेलर बिहीबार काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्स मा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

निर्माण पक्षका अनुसार ट्रेलरलाई डिजिटल प्लेटफर्ममार्फत पनि सार्वजनिक गरिएको छ । ट्रेलरले शिक्षकको भूमिका, समाजमा उनको योगदान तथा विद्यार्थीहरूको जीवनमा पर्ने प्रभावलाई मार्मिक ढंगले प्रस्तुत गरेको देखिन्छ ।

चलचित्रमा वरिष्ठ अभिनेत्री मिथिला शर्मा ले ‘गुरु आमा’को केन्द्रीय भूमिका निर्वाह गरेकी छन् । यसैगरी गौरी मल्ल, बुद्धि तामाङ र टिका सानु लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

कथा, निर्देशन तथा निर्माण प्रेम सोनी सुनार को रहेको चलचित्र ‘गुरु आमा’ले शिक्षाको महत्त्व र गुरु–शिष्य सम्बन्धलाई सन्देशमूलक रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टोलीले प्रचारप्रसारलाई तीव्र बनाएको जनाएको छ ।

निर्देशक सुनारले चलचित्रले हरेक शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सन्देश दिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार उक्त चलचित्रले दर्शकको सोच र जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:०५ मा प्रकाशित