back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख १२ शनिवार

2K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ

काटेर जराे मस्त चलाेस् भन्नु हुँदैन
राेपी अमिलाे स्याउ फलाेस् भन्नु हुँदैन

के काम खुराफात चलाएर अरूकाे
घरबार बिगारेर गलाेस् भन्नु हुँदैन

बिक्दै छ झुटाे बात सधैँ सत्य छ लुक्दै
धन मस्त छ घरबार जलाेस् भन्नु हुँदैन

सम्झेर दया राख सकेसम्म सबैले
अपमान गरी पाउ मलाेस् भन्नु हुँदैन

अधिकार जमाएर लुटे देश अरूले
निर्लज्ज बनी लाज छलाेस् भन्नु हुँदैन

पाएर कतै साथ भुले शुभ त नहाेला
आफू त ढलेँ दाजु ढलाेस् भन्नु हुँदैन।

बहर : हजज मुसम्मन अखरब मक्फुफ महजुफ
अर्कान : मफ्ऊलु, मफाईलु, मफाईलु, फऊलुन्
वजन : २२१ – १२२१ – १२२१ – १२२
काफिया : ओस्
रदिफ : भन्नू हुँदैन
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ वैशाख १२ शनिवार ०८:०८ मा प्रकाशित

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...