back
CTIZAN AD

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

वि.सं.२०८३ साउन १३ बुधवार

165 

shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा संलग्न चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा शशिधर शर्मा समेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा संलग्न उनीहरूलाई सम्मानित उच्च अदालत, पाटन, ललितपुरबाट पक्राउ अनुमति लिएपछि मंगलबार पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बैतडी पाटन नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने ४० वर्षीया रश्मी पन्त, गुल्मी साविक ग्वादी–६ स्थायी घर भई हाल रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ बस्ने ४४ वर्षीय सन्तोष ज्ञवाली, गुल्मी साविक अमरअर्वाथोक–५ स्थायी घर भई हाल रुपन्देही सिद्धार्थनगर नगरपालिका–७ बस्ने ४१ वर्षीय राजेन्द्र श्रेष्ठ तथा रुपन्देही साविक शंकरनगर–३ स्थायी घर भई हाल तिलोत्तमा नगरपालिका–४ बस्ने ४८ वर्षीय शिशिर पौडेल रहेका छन्।

सीआईबीका अनुसार पक्राउ परेका चारै जनामाथि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशेर जबराले उक्त जानकारी दिएका हुन् ।

वि.सं.२०८३ साउन १३ बुधवार २०:५७ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...