back
CTIZAN AD

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

वि.सं.२०८३ साउन १३ बुधवार

207 

shares

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने भन्दै ठगी गर्ने व्यक्तिहरूप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

दूतावासले सार्वजनिक गरेको सूचनामा दूतावासबाहिर कसैले ‘दूतावासमा आफ्नो चिनजान छ; भन्दै भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने दाबी गरेमा त्यसलाई ठगीको प्रयासका रूपमा लिन आग्रह गरिएको छ।

दूतावासका अनुसार भिसा अन्तर्वार्ताको मिति बुक गर्न वा परिवर्तन गर्न चाहने सेवाग्राहीले अमेरिकी दूतावासको आधिकारिक वेबसाइटबाट मात्र प्रक्रिया पूरा गर्नुपर्छ। कुनै पनि व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न दूतावासले सचेत गराएको छ।

दूतावासले भिसा सेवासम्बन्धी सबै आधिकारिक जानकारी तथा सेवा केवल आफ्नो आधिकारिक माध्यमबाट मात्र उपलब्ध हुने स्पष्ट गर्दै सेवाग्राहीलाई सुरक्षित र आधिकारिक प्रक्रियामार्फत मात्रै सेवा लिन आग्रह गरेको छ।

वि.सं.२०८३ साउन १३ बुधवार २१:०२ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...