back
CTIZAN AD

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

वि.सं.२०८३ साउन १३ बुधवार

180 

shares

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे) गरेका एक पुरुषले आफ्नी श्रीमतीमाथि कुटपिट गर्दा उनको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोही स्थानका अन्दाजी ५०-५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरी आफ्नी ४७ वर्षीया अमृता ओलीमाथि कुटपिट गरेका थिए।

घटनाको जानकारी वडा अध्यक्षमार्फत प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले कुटपिटमा संलग्न चन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिएको जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते भएकी अमृता ओलीलाई प्रारम्भिक उपचारका लागि स्थानीय चन्कट्टे स्वास्थ्य चौकीमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरिएको थियो।

अस्पतालमा उपचारकै क्रममा चिकित्सकले अमृता ओलीलाई मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

वि.सं.२०८३ साउन १३ बुधवार २०:४४ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...